सरकारसँग रामकुमारको प्रश्न ‘कहिले बन्छ देश ?’ (भिडियो हेर्नुहोस्)

म्यूजिक खबर
प्रकाशित: १३ असार २०७७, शनिबार

काठमाडौं । देशका लागि लड्न हिंड्दा न परिवार रह्यो न देशको स्वाभिमान ! देशकै खातिर आफ्नो जिन्दगी समर्पित गरेका गरीब जनताको यथार्थ पीडासँगै रामकुमार नेपालीको आवाजमा ‘कहिले बन्छ देश ?’ गीत सार्वजनिक भएको हो । नेपालको समसामयिक घटना र वास्तविकतालाई मध्यनजर गरि तयार गरिएको छ गीत ‘कहिले बन्छ देश’ । ‘कहिले बन्छ देश मेरो कहिले बन्छ देश, फुलिसक्यो केश मेरो फुलिसक्यो केश’ एउटा ब्यक्ति जन्मेर केश फुलिसक्दा पनि देशको हालत उस्तै रहेको जनताको अवस्था नबदलिएको कुरालाई झल्काउन खोजिएको छ ।

Music Khabar
बिग्रदो देशको राजनिती परिस्थिति र उस्तै रहिरहेको भ्रस्टाचार, हिंसा, विभेद, गरिबि, अनियमितता विभिन्न कान्डहरुको बारेमा शब्द समेटिएको छ ।
गीतमा गायन रियालिटी सो ‘लोक स्टार’ का चर्चित गायक रामकुमार नेपालीले स्वर दिएका छन् भने राजेश बर्देवाले संगीत गरेका छन् । मनोज केसी ‘समय’ ले सिर्जना गरेको गीतमा स्वयं गायक अभिनय गरेका छन् । उनलाई बाल कलाकारले साथ दिएकी छन् । डि आर सुजनको निर्देशन रहेको गीतमा रक कौशलको छायांकन तथा दिपक बिस्टको सम्पादन रहेको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु