
काठमाडौं । गायक रामकुमार कार्कीको गीत ‘म त लाहुरे’ सार्वजनिक भएको छ । रामेछाप स्थायी घर भएका गायक कार्कीले उत्कृष्ट गीतहरु बजारमा ल्याईरहेका छन् ।
उनले यसभन्दा अगाडि ‘कोइली चरी’, ‘कालापानी हाम्रै हो,’ ‘मालिगाईको तर’, ‘घर त मेरो रामेछाप जिल्ला’, कलियुगका केटी, ‘जे गरे नि चल्यो’ लगाएतका गीतहरु बजारमा ल्याएइसकेका छन् ।
भर्खरै सार्वजनिक त्यस गीतमा गायक कार्की र गायिका कमला खड्काको आवाज रहेको छ भने लय तथा शब्द रचना रामकुमार पौडेलले गरेका छन् । साथै
उक्त गीतको भिडियोमा मोडल अञ्जली अधिकारी, रामचन्द्र बोहरा, रुपेश दानी, सुजन थापा र प्रेम खड्काको अभिनय रहेको छ ।
त्यसैगरी भिडियोलाई निर्देशन बिक्रम चौहानले गरेका छन् भने छायांकन प्रकाश खड्का र सम्पादन मिलन विस्वकर्माको रहेको छ ।