गरिब हुनु अभिसाफ हो त्यसै माथि कोरोना भो !
सडक पेटि सबै ठप्प बबुराको काहाँनि यो !!
आगो फुक्यो अगेनामा दाउरा ठोस्यो आगो बल्यो !
कराई बसाई चामल हेर्दा बेहोशिले आफै ढल्यो !!
यता उति छाम- छुम गरि सिधा उठ्न जुर्मुरायो !
छैन खान घरभित्र नुनमा पानी मिसाई खायो !!
पानी खाई टन्न भयो पिपिरिको सुर्ति तानि !
किन जन्मे हेभगवान ! भन्दै उठ्यो दिग्दार मानि !!
सुत्नलाई ओछ्यान तान्यो ढुंगा रैछ सिरान मुनि !
त्रिपालबाट पनि तप -तप बर्खा नै छ अझै पनि !!
कोरोनाको डर छैन मरे पनि मरुँ बरु !
भ्रस्ट गर्ने सबै टन्न कता जाउँ म कसो गरु !!
नेता हिड्छन यहि बाटो सिंहदरबार बैठक भनी !
डा. सन्दुक हटाई दिनुस भ्रस्ट गर्ने जालो पनि !!
कुलमान आई त्रिपाल मुनि एउटा बत्ति बालि दिए !
सुन्तलि र धुर्मुस आई एउटा छाप्रो हालि दिए !!
अनेक सोचको कल्पनाले बिहान भाको पत्तो हैन !
बरु मार्देउ कोरोना देव भोलि देख्न मन छैन !! 2
धन्यवाद !
कवयत्री रन्जना दाहाल साहित्य विधामा रुचि राख्दै गित, गजल कबिता लेखनमा सक्रिय छिन।