को होला गायिका पविना र रञ्जितको ‘बैमानी माया’

म्यूजिक खबर
प्रकाशित: ७ श्रावण २०७८, बिहीबार

काठमाडौं । गायिका पविना तामाङ र गायक रञ्जित परियारको ‘बैमानी माया’ को होला ? तिज नजिकिँदै जाँदा गायिकाहरु आफ्नो पीडा गीतमार्फत पोख्ने गरिरहेका छन् । मायाप्रेमको कुराहरु पनि तिज गीतमार्फत् पोखिरहेका छन् । तिजकै मेसो पारेर गायिका पविना तामाङ र गायक रञ्जित परियारले पनि आफ्नो ‘बैमानी माया’ खोजिरहेका छन् ।


रमेश परियारको शब्द तथा संगीतमा रहेको ‘बैमानी माया’मा गायिका पविना तामाङ र गायक रञ्जित परियारको स्वर रहेको छ । विनोद बाजुरालीको संगीत संयोजन रहेको यस गीतको मिक्सिङ खड्ग बाजुरालीले गरेका छन् ।

बैमानी मायाको म्यूजिक भिडियोमा रञ्जिता गुरुङ र रञ्जित परियारको नृत्य तथा अभिनय रहेको छ । राजेश घिमिरेको छायाँकन रहेको भिडियोलाई दिपक विस्टले सम्पादन गरेका हुन् । काजिश श्रेष्ठको निर्देशन तथा कोरियोग्राफी रहेको गीतलाई श्रेष्ठ इन्टरटेनमेन्टबाट बजारमा आएको हो । बैमानी माया गीतको भिडियोलाई गायिका पविना तामाङको अफिसियल यूट्यूब च्यानलबाट बजारमा आएको हो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु