विश्वभरिकै रियालिटी शो मध्ये दोश्रो स्थान ओगट्न सफल ‘नेपाल आइडल सिजन -२’

म्यूजिक खबर
प्रकाशित: १४ मंसिर २०७५, शुक्रबार

‘नेपाल आइडल सिजन -२’ विश्वको रियालिटी  शो को दोश्रो नम्बरमा पर्न गएको छ भने नेपालभमा पहिलो स्थान ओगट्न सफल भएको छ । एपीवान एचडी टेलिभिजनबाट प्रसारण भइरहेको‘नेपाल आइडल सिजन -२’ पहिलो सिजन भन्दा बिशेस बनिरहेको छ । संगीत प्रेमीहरुको निकै आकर्षण बनेको नेपाल आइडल देश तथा बिदेशहरुमा पनि उतिकै लोकप्रिय बनिरहेको छ । हरेक विहीवार र शुक्रवार एपीवान एचडी टेलिभिजनबाट साँझ साढे ८ बजे प्रशारण हुँदै आइरहेको छ ।

नेपाल भित्र तथा बाहिर टेलिभिजन सेट बाहेक य़ुटूबमा नेपाल आइडल सबैको रोजाइमा पर्ने गरेको छ । विश्वभरमा य़ुटुबबाट खोजि गरिने आइडल शोमध्ये दोस्रो स्थानमा ‘नेपाल आइडल सिजन -२’ पर्न सफल भएको छ । सहभागी प्रतिस्पर्धीहरुले एकपछि अर्को उत्कृष्ट प्रस्तुति दिइरहँदा नेपाल आइडल सर्वा्धिक खोजी गरिने शो बनिरहेको छ ।

नेपाल आइडलले अन्तर्रा्ष्ट्रियस्तरसम्म प्रभाव जमाउन व्यवस्थापन, कार्यक्रम उत्पादनमा सहभागी दक्ष सहकर्मी, बाध्यवाधन, स्टेज तथा लाइट व्यवस्थापन, क्यमरा व्यवस्थापनको सहयोगले नै सम्भव भएको निर्देशक पौडेलको भनाइ छ । नेपालमा एकै पटकमा टेलिभिजन हेर्ने दर्शकको संख्या जान्न कुनै संयन्त्र नभएकाले यूट्यूबका दर्शकको आधारमात्र मापन गर्न सकिने अवस्था छ । यूट्युबमा भ्यूको आधारमा नेपाल आइडल सबैभन्दा धेरैले हेर्ने नेपाली रियालीटी शो बन्न सफल भएको हो ।

आज सम्म उत्कृष्ट ६ प्रतिस्पर्धी मधे बाट आज एकजना बाहिरिदै छन् । हेर्नुस हिजोको उत्कृष्ट ६ को प्रस्तुति

यो पनि पढ्नुहोस्

बहुचर्चित गीत बोलमाया पछि गायिका शान्ति श्री परियारको अर्को हृदयबिदारक गीत ‘ चिल गाडि’ (भिडियो)

पछिल्लो समय फरक फरक प्रस्तुति बजारमा ल्याएर सर्वाधिक चर्चा मा रहेकी चर्चित गायिका शान्ति श्री परियार र गायक पुर्ण संयोगको फेरी अर्काे मनै छुने गीत “चिल गाडि ” सार्वजनिक भएको छ । सार्वजनिक गीतलाई सुसेली म्युजिक प्रालीले बजारमा ल्याएको हो ।

देशमा भर ब्यप्त बलत्कारको घटनमा परेकी बालिका र परदेशमा गएका नेपाली युवाको कठिन आत्मकथालाई गीतमा ब्यक्त गरिएको छ । धन कमाउन गएका नेपाली दाजु भाइ दिदी बहिनीहरू काठको बाकसमा फर्किनु परेको छ भने घर परवारको बिचल्ली भएको छ । त्यतिमात्र नभएर आफनो घरमा फर्कदा परिवारका सदस्य गुमाउनु पर्दाको पिडालाई गीतमा समेटिएको छ ।

बास्तविक जिवन घटनामा आधारित गीतमा पुर्ण संयोग र लोकराज सिंहको शब्द तथा लय सिर्जनमा वियोगान्त गीत लेखिएको छ । राजेश घिमिरेको छायाँकन , अमर शाक्यको सम्पादन , कपिल लामाको निर्देशन र विमल अधिकारी र सारिका केसीको अभिनय रहेको छ ।

बहुचर्चित गीत बोलमाया पछि गायिका शान्ति श्री परियारको अर्को हृदयबिदारक गीत ‘ चिल गाडि’ (भिडियो)

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु