सातौं राप्ती म्यूजिक अवार्ड सम्पन्न (विजेताहरुको नामावली सहित)

म्यूजिक खबर
प्रकाशित: ७ आश्विन २०७६, मंगलवार

काठमाडौं । राप्ती समाज काठमाडौंले हरेक वर्ष आयोजना गर्दै आएको राप्ती म्यूजिक अवार्ड यस वर्ष पनि सम्पन्न गरेको छ । सातौं संस्करणमा रहेको यस वर्षको राष्ट्रिय राप्ती म्यूजिक अवार्ड २०७६ सांस्कृतिक संस्थान (राष्ट्रिय नाचघर) को प्रेक्षालयमा सम्पन्न भएको हो । विभिन्न विधामा वितरण गरिएको उक्त अवार्ड कार्यक्रमको सभापतित्व राप्ती समाज काठमाडौंको अध्यक्ष प्रवीण कुमार रेग्मीले गरेका थिए ।

भव्य समारोहमा समापन भएको उक्त कार्यक्रममा राष्ट्रिय सभा सदस्य माननीय कोमल वलीले अतिथीको रुपमा उपस्थित भएकी थिइन् । वलीले रापती अवार्डले नेपालको कला र संस्कृतीको सम्वद्र्धन गर्नमा सहयोग पू¥याएको विश्वास व्यक्त गरेकी थिइन् । उनले आफुलाई सम्पूर्ण कलाकारिता क्षेत्रका तर्फबाट राजनीतिमा प्रतिनिधी भएको जनाउँदै सदैव गीत संगीतका विषयमा काम गर्ने बताइन् । संगीतलाई सहयोगका लागि आफुले राज्यलाई घच्घचाउँदै आएको पनि बताइन् भने कला र कलाकारको सम्मानको लागि सदैव सक्रिय रहने प्रतिबद्धता समेत गरिन् ।

कार्यक्रममा कला संगीत एवम सामाजिक क्षेत्रका दिग्गज व्यक्तित्वहरुको सहभागिता रहेको थियो । उक्त कार्यक्रममा बरिष्ठ संगीतकार सम्भुजित बास्कोटा विशिष्ट अतिथीको रुपमा सरिक भएका थिए । यस वर्ष राप्ती म्यूजिक अवार्डको लाइफ टाइम एचिभमेन्ट अवार्ड लामो समयदेखि नेपालको सांगीतिक इतिहआसलाई आफ्नो जिवन समर्पण गरेका वरिष्ठ बाद्य बादक खर्क बहादुर बुढालाई प्रदान गरिएको छ । यस वर्ष विभिन्न कलाकर्मीहरूलाई राप्ती म्यूजिक अवार्डबाट सम्मान गरिएको छ ।
कार्यक्रमलाई गीत संगीत, पत्रकारितामा सक्रिय बहु आयामिक व्यक्तित्व शशि शर्मा मजगैंयाले सन्चालन गरेका थिए ।

अवार्ड विजेताको नामहरु :

१.सर्वोत्कृष्ट राष्ट्रिय भावको गीत ः कला लम्साल (तराई आँगन)
२. सर्वोत्कृष्ट चलचित्र गीत ः बि. पाण्डे बनकी चरी प्रसाद
३ सर्वोत्कृष्ट चलचित्र संगीत ः आशिष अबिरल ए मेरो हजुर ३
४ . सर्वोत्कृष्ट चलचित्र गायिका ः प्रविशा अधिकारी ए मेरो हजुर ३
५. सर्वोत्कृष्ट चलचित्र गायक ः डेबिड शंकर छक्का पन्जा
६. सर्वोत्कृष्ट सुगम संगीत नव रचनाकार ः भुपेन्द्र बुढाथोकी (फुल भनुँ जिन्दगीलाई)
७. सर्वोत्कृष्ट सुगम संगीत नव संगीतकार ः सन्तोष सुनार (घरबार)
८. सर्वोत्कृष्ट सुगम संगीत नव गायिका ः बिना भट्टराई (झक्काएर पासो)
९.सर्वोत्कृष्ट सुगम संगीत नव गायक ः बुद्ध लामा (सानी नरिसाउन)
१०. सर्वोत्कृष्ट सुगम संगीत गीतकार ः अमर बान्तु (जन्मने धोको छ आमा
११. सर्वोत्कृष्ट सुगम संगीत संगीतकार ः हरि लम्साल (परानै दिन्छु)
१२. सर्वोत्कृष्ट सुगम संगीत गायिका ः अन्जु पन्त (हजार गल्ती)
१३. सर्वोत्कृष्ट सुगम संगीत गायक ः शिव परियार (तिमी नै मेरो सास)
१४. सर्वोत्कृष्ट सुगम संगीत एल्बम ः भद्रकला आङबुहाङ राई (माया)
१५. सर्वोत्कृष्ट सुगम संगीत म्युजिक भिडियो मोडल महिला ः कृष्टिना थापा (टोलाउँदै कोही)
१६. सर्वोत्कृष्ट सुगम संगीत म्युजिक भिडियो मोडल पुरुष ः दुर्गेश थापा
१७. सर्वोत्कृष्ट म्यूजिक भिडियो निर्देशन आधुकिन, पप ः देवेन्द्र पाण्डे
१८. सर्वोत्कृष्ट एस एम एस च्वाइस अवार्ड ः देवेन्द्र क्षत्री (माया लाएर हेर)
१९. सर्वोत्कृष्ट पब्लिक च्वाइस अवार्ड ः टीका प्रसाईं (माया लुकी लुकी)
२०. सर्वोत्कृष्ट जुरी अवार्ड ः सिन्धु मल्ल, अमित बराल (चैर मुसी चैर)
२१. सर्वोत्कृष्ट इन्करेजमेन्ट अवार्ड ः मौसम हिमाली
२२. सर्वोत्कृष्ट एप्रीसियसन अवार्ड ः भुमिका गिरी
२३. सर्वोत्कृष्ट बालप्रतिभा राप्ती ः यांशु श्रेष्ठ
२४ः सर्वोत्कृष्ट संगीत संयोजन चलचित्र, आधुनिक र पप ः केशव बडु
२५. सर्वोत्कृष्ट म्यूजिक भिडियो छायांकार आधुनि पप ः अजय रेग्मी (राखी)
२६. सर्वोत्कृष्ट म्यूजिक भिडियो सम्पादक आधुनिक, पप ः विकास ज्ञवाली (बस बसरे)
२७. सर्वोत्कृष्ट युगल गायन ः समीर आचार्य विद्या तिवारी (घाममा सुकाइदेउ)
२८. सर्वोत्कृष्ट गजल ः सुरेश वाग्ले
२९. सर्वोत्कृष्ट पप गीत ः सिर्जना खत्री (नौटंकी माया)
३०. सर्वोत्कृष्ट लोक गीत ः युवराज मगर (मयाली)
३१. सर्वोत्कृष्ट ध्वनी मिश्रण ः मान बहादुर बराल (बोल माया)
३२.सर्वोत्कृष्ट संगीत संयोजन लोकदोहोरी ः कृष्ण बिक (गलबन्दी)
३३. सर्वोत्कृष्ट म्यूजिक भिडियो छायांकार लोकदोहोरी ः दुर्गा पौडेल
३४. सर्वोत्कृष्ट म्यूजिक भिडियो सम्पादक लोकदोहोरी ः नवीन घर्ती (पान खायो)
३५. सर्वोत्कृष्ट नवप्रतिभा राप्ती ः लीला कुवँर
३६. सर्वोत्कृष्ट बहुप्रतिभा राप्ती कृष्ण रेउले (गाउँमा हल्ला)
३७. सर्वोत्कृष्ट डायस्पोरिक रचना ः जेबि वली (ठमेल बजारमा)
३८.सर्वोत्कृष्ट लोकदोहोरी गीत नव रचना ः ध्रुव शर्मा (मलाई देखेर)
३९. सर्वोत्कृष्ट लोकदोहोरी गीत नव भाका ः प्रकाश दुतराज (आरने)
४०. सर्वोत्कृष्ट लोकदोहोरी गीत नव गायिका ः सुमित्रा तामाङ (चौतारीको बर)
४१. सर्वोत्कृष्ट लोकदोहोरी गीत नव गायक ः बिक्रम राना (साइलों)
४२.सर्वोत्कृष्ट लोकदोहोरी शब्द ः नवराज पन्त (सालको पात टपरी)
४३. ४२.सर्वोत्कृष्ट लोकदोहोरी भाका ः शिव हमाल (लालुमै)
४४.सर्वोत्कृष्ट लोकदोहोरी म्यूजिक भिडियो महिला अभिनय ः सारिका केसी (बलिदान)
४५. सर्वोत्कृष्ट लोकदोहोरी म्यूजिक भिडियो पुरुष अभिनय ः बिमल अधिकारी (बलिदान)
४६. सर्वोत्कृष्ट लोकदोहोरी म्यूजिक भिडियो निर्देशक अभिनय ः स्मृति तिमिल्सिना (अभाव)
४७. सर्वोत्कृष्ट लोकदोहोरी गायिका ः शान्ति श्री परिपयार (गलबन्दी)
४८. सर्वोत्कृष्ट लोकदोहोरी गायक ः कुलेन्द्र बिश्वकर्मा (सालको पात टपरी हुने)
४९. सर्वोत्कृष्ट लोकदोहोरी म्यूजिक भिडियो मोडल महिला नृत्य ः करिष्मा ढकाल (गुन्द्रुक मिठो)
५०. सर्वोत्कृष्ट लोकदोहोरी म्यूजिक भिडियो मोडल पुरुष नृत्य ः सन्दिप न्यौपाने (लालुमै)
५१. सर्वोत्कृष्ट लोकदोहोरी म्यूजिक भिडियो निर्देशक नृत्य ः प्रकाश भट्ट (लालुमै)
५२. लाइफ टाइम अचिभमेन्ट अवार्ड ः खर्क बहादुर बुढा

औद्योगिक शान्ति नेपाल म्यूजिक अवार्ड सम्पन्न, कुलेन्द्र र राधिका सर्वोत्कृष्ट गायक गायिका, विन्ती छ मलाईले ग¥यो ह्याट्रिक

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु