रश्मिलाज फेसियल हाउसको हात्तिगौडा शाखा उद्घाटनसँगै १८ औँ वार्षिकोत्सव मनाइयो

म्यूजिक खबर
प्रकाशित: ११ पुष २०८२, शुक्रबार १४:१५

काठमाडौँ । रश्मिलाज फेसियल हाउसको १८ औँ वार्षिक उत्सवको अवसरमा हात्तिगौंडामा छैटौँ शाखाको उद्घाटन गरेको छ । पुष १० गते बिहीबार काठमाडौँको हात्तिगौँडामा ‘रश्मिलाज फेसियल हाउस’को छैटौँ शाखा शुभारम्भ गरिएको हो । चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीको प्रमुख आतिथ्यता एवं अभिनेत्री एवम् निर्देशक दिपाश्री निरौला र अभिनेत्री बेनिशा हमालको विशिष्ट आतिथ्यतामा हात्तिगौँडा शाखाको उद्घाटन गरिएको हो ।
दुई दशक भन्दा लामो समय अमेरिका बसेकी समी रेग्मी अधिकारीको सहकार्यमा रश्मिलाज फेसियल हाउसकी अध्यक्ष रश्मिला श्रेष्ठ र प्रबन्ध निर्देशक प्रकाश कुमार श्रेष्ठले यो शाखा सञ्चालनमा ल्याएका हुन् ।
कार्यक्रमका प्रमुख अतिथि एवम् बोर्ड अध्यक्ष दिनेश डिसीले अन्तर्राष्ट्रिय गुणस्तरको सेवा दिने रश्मिलाज फेसियल हाउसको सेवाबाट आफू लामो समयदेखि आकर्षित भएको बताए । नयाँ शाखाको सफलताको कामना गर्दै उनले सौन्दर्य क्षेत्रमा रश्मिलाज फेसियल हाउस एउटा ब्रान्ड बनेको बताए ।

चलचित्र अभिनेत्री बेनिशा हमालले पनि काठमाडौँ मलमा आफूले सेवा लिएको रश्मिलाज फेसियल हाउसको आज छैटौँ शाखा उद्घाटन गर्न पाउँदा खुसी लागेको बताइन् । अर्की अभिनेत्री एवम् निर्देशक दीपाश्री निरौलले पनि रश्मिला, प्रकाश र समीलाई छैटौँ शाखाको रुपमा नयाँ आउटलेटको सफलताको शुभकामना दिँदै अन्तर्राष्ट्रिय स्तरको सेवा भएकै कारण आफू रश्मिलाज फेसियल हाउसबाट लामो समयदेखि आफूले सौन्दर्य सम्बन्धी सेवा लिँदै आएको बताइन् ।

कार्यक्रममा स्वागत मन्तव्य राख्दै रश्मिलाज फेसियल हाउसकी अध्यक्ष एवम् अग्रज ब्युटिसियन रश्मिला श्रेष्ठले १८ वर्ष अघि क्रिसमसकै दिन काठमाडौँको सुन्धारा स्थित काठमाडौँ मलबाट ‘रश्मिलाज फेसियल हाउस’ सुरु गरिएको बताइन् । काठमाडौँ मलको दुई वटा ब्रान्चसँगै सिभिल मल, गोँगबुको बिजी मल, बालाजु बसपार्कको बुद्ध मलको सफलतपछि रश्मिलाज फेसियल हाउसलाई बिहीबारबाट हात्तिगौँडामा छैटौँ आउटलेटको रुपमा सञ्चालनमा ल्याएको रश्मिलाले बताइन् । अब चाँडै यसको अरु शाखा काठमाडौँ बाहिर र विदेशमा पनि सञ्चालनमा ल्याउने तयारी भइरहेको पनि उनले बताइन् ।

नेपालमै केही गर्न सकिन्छ भनेर अमेरिकाबाट नेपाल आएर रश्मिलाज फेसियल हाउस, हात्तिगौडा आउटलेडको आफूले शाखा बिस्तार गरेको कार्यक्रममा समी रेग्मी अधिकारीले बताइन् । कार्यक्रम गायिका तथा प्रस्तोता मन्जु पौडेलले सञ्चालन गरेकी थिइन् ।
१८ औँ वार्षिक उत्सवको अवसरमा कार्यक्रममा रश्मिलाज फेसियल हाउसका अघिल्ला सबै शाखाका कर्मचारी, ब्युटिसियन, हेयर स्टाईलिस्ट तथा मेकअप आर्टिस्टहरुलाई नगदसहित सम्मान गरिएको थियो । त्यस्तै कार्यक्रममा उपस्थित अतिथि एवं सञ्चारकर्मीहरुलाई मायाको चिनो एवं गिफ्ट ह्याम्परसमेत प्रदान गरिएको थियो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु