आजको राशिफल

म्यूजिक खबर
प्रकाशित: २० भाद्र २०७६, शुक्रबार

मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )

अधिकार प्राप्तिका लागि संघर्श गर्नु पर्ला । कार्य सम्पादनमा समस्या आउला । पारिवारीक मनमुटावका साथै मन कमजोर रहनेछ ।

वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )

शुभ समाचार सुन्न पाइएला । कला,साहित्य तथा संगीतमा रुचि बढ्नेछ । न्यायिक कार्यमा सफलता मिल्नेछ । नयाँ कार्यको थालनी होला ।

मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा )

महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ । स्वादिष्ट भोजन पाईनेछ । वैदेशिक क्षेत्रको काम अघी बढ्नेछ । कुटुम्बको सहयोग मिल्नेछ ।

कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो )

रोकिएका अधुरा कामहरु पुरा हुनेछन् । बोलीको प्रभाब बढ्नेछ । मंगल कार्यको योगछ । चिन्ता छाडेर चिन्तन गर्ने समयछ ।

सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे )

आर्थिक कारोवारमा बिवाद आउनेछ । चोटपटकको भयछ सचेत रहनुहोला । स्वास्थ्यमा समस्या आउला । पारिवारीक झैँ–झमेला आउला ।

कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो )

धार्मिक तथा समाजसेवामा मन लाग्नेछ । लगनशीलताले कामहरू अगाडी बढ्नेछन् । दैनिक कार्यमा प्रगति हुनेछ । दिनको उत्तरार्ध सुखद् रहनेछ ।

तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते )

आँटेको र ताकेको कार्य पुरा होला । साहित्यिक क्षेत्रमा रुची बढ्नेछ । विशिष्ट व्यक्तिको सहयोग पाईनेछ । व्यापारमा सफलता मिल्नेछ ।

वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु )

विशिष्ट व्यक्तिको सहयोग पाईनेछ । साहित्यिक क्षेत्रमा रुची बढ्नेछ । आँटेको र ताकेकोकार्य पुरा होला । रमाईलो यात्राको योग रहेकोछ ।

धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे )

कार्यमा बाधा आउनेछ । अनावश्यक ठाउँमा धन खर्च होला । दुष्ट व्यक्तिको संगतले आत्मघाती काम गर्न पुगिएला सचेत रहनुहोला ।

मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि )

अरुलाई प्रभावित पारेर काम बन्नेछ । सांगितीक क्षेत्रमा रुची बढ्नेछ । नयाँ कार्यको थालनी हुनेछ । वैदेशिक क्षेत्रमा सफलता मिल्नेछ ।

कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा )

वैदेशिक क्षेत्रको काम अघी बढ्नेछ । पढाइ लेखाइमा प्रगति हुनेछ । रमाइलो यात्राको योग रहेको छ । नयाँ कर्यको थालनीपनि हुनेछ ।

मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि )

रमाईलो यात्राको योग रहेकोछ । आदर्श ब्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ । प्रयत्न गरे फाइदा लिन सकिनेछ । सन्तान सुख मिल्नेछ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु