• ‘नीरमाया’को सफलता पछि रबि र सरुको आवाज चलचित्र ‘नन्दी’को गीतमा

    म्यूजिक खबर
    प्रकाशित: २३ जेष्ठ २०७७, शुक्रबार

    काठमाडौं । डोटेली भाषाको चलचित्र ‘नन्दी’ मा समावेश गरिएको डेउडा गीत ‘साईबउ’ बजारमा आएको छ । गीतमा नेपाल आइडल रवि ओड र पछिल्लो समय निकै प्रभाव जमाउन सफल गायिका सरु गौतमको स्वर रहेको छ । सार्वजनिक भएसँगै गीतलाई दर्शक श्रोताको रोजाईमा पर्दै गएको छ त्यस्तै युट्युवमा प्रतिक्रिया पनि सकारात्मक पाइरहेको छ । धेरैले लय,शब्द र स्वरको तारिफ गरेका छन् ।
    यस अघि नै गायक रवि ओड र गायिका सरु गौतमले गाएको नीरमाया बोलको गीतलाई पनि दर्शक श्रोताले रुचाईदिएका थिए । उक्त गीत युट्युव ट्रेण्डिङमा नै पर्न सफल भएको थियो ।
    यो गीतबाट पनि आशावादी रहेको रबि र सरुले बताए । गायक रबिले धेरै समयको अन्तरालमा देउडा गीत ल्याएक हुनाले दर्शक श्रोतासँग कमेन्ट तथा गरिदिनुहुन अनुरोध गरेका छन् । त्यस्तै गायिका सरु गौतमले पनि यस गीतबाट आफ्नो सांगीतिक यात्रामा थप सहज हुने आशा राखेको बताइन् ।

    सिएस फिल्मस् प्रालिको व्यानरमा बनेको डोटेली भाषाको चलचित्र नन्दीमा रहेको गीतमा अविनाश थापाको शब्द तथा भीम बिसीको संगीत रहेको छ । गीतको निर्देशन भने जनक कुँवर र राज पाठकले गरेका हुन्।
    नन्दी चलचित्रका निर्माता तथा सुदूर पश्चिमका चर्चित नायक विनोद बोहरा ‘बोग्टानी किङ’, नायिका एसिला चाड मुख्य भूमिकामा छन् । गीत दिपायलको एतिहासिक तथा पुरातात्विक स्थलका रुपमा रहेको दिल्पेश्वर मठमा छायाङ्कन गरिएको हो । गीत बुढासुब्बा डिजिटल म्युजिक प्रालीको अफिसियल युबट्युब च्यानल मार्फत सार्वजनिक भएको हो
    उक्त गीतमा सुदुरपश्चिम क्षेत्रको भाषा, संस्कृति, भेषभुषा र सुदुरपश्चिम क्षेत्रको रमणीय पर्यटकीय क्षेत्र बिचको पारस्परीक सम्बन्धलाई उक्त गीतमा देखाउन खोजिएको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु