मेलिना राई र रवि ओडको ‘दुर्ई कौडीको बुद्धि’ ट्रेनिङमा

म्यूजिक खबर
प्रकाशित: १६ बैशाख २०७६, सोमबार

काठमाडौं । नेपाल आइडल सिजन–२ का विजेता रवि ओड र लोकप्रिय गायिका मेलिना राईले गाएको पछिल्लो गीत दुई दिनमै ‘ट्रेन्डिङ’ मा उक्लेको छ । रवि र मेलिना राईले गाएको ‘दुई कौडीको बुद्धि’ बोलको गीत युट्युवमा अपलोड गरेको दुई दिनमै यो समाचार तयार पार्दाको समयमा ट्रेन्डिङको २३ औं स्थानमा उत्रिन सफल भएको छ ।

गीतमा ललित पौडेल र भीम बीसीको संगीत र इट्टाघरेको शब्द रहेको छ । गीतको भिडियोमा नायिका बर्षा राउत र रन्जित पौडेलको अभिनय छ ।

उदयराज पौडेलले संगीत संयोजन गरेको यो गीत किशोर थापाले रेकर्ड, मिक्सिङ गरेका हुन् । निकेश खड्काको निर्देशन तथा सुबोल थाया र राजेन्द्र कटुवालको कोरियोग्राफिमा गीतको भिडियो बनाइएको हो ।

बुद्ध थापाको छायांकन र विकाश धमलाको सम्पादनमा इट्टाघरे प्रोडक्सनले तयार पारेको गीतको म्युजिक भिडियो मेलिना राईको आधिकारिक युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु