रबि ओड र सरु गौतमको आवाजमा उत्कृष्ट गीत ‘नीरमाया’ सार्वजनिक

म्यूजिक खबर
प्रकाशित: २ पुष २०७६, बुधबार

काठमाडौं । आकाश कार्कीको नयाँ गीत ‘नीरमाया’ सार्वजनिक भएको छ । गीतमा नेपाल आइडल रवि ओड र सरू गौतमको स्वर रहेको छ । सार्वजनिक भएसँगै गीतलाई दर्शक स्रोताको रोजाईमा पर्दै गएको छ । गीतको प्रतिक्रिया पनि राम्रो छ । गोपाल रसाइलीको एरेज्न रहेको छ भने भिम विसीको शब्द संगीत रहेको छ ।
गीतको म्युजिक भिडियोमा टिकटकबाट उदाएका ट्विन गर्ल प्रिष्मा र प्रिन्सी खतिवडाले अभिनय गरेका छन् । आकाश कार्की र हिमाशुं कार्कीको अभिनय रहेको छ । गम्भीर विष्टको कोरियोग्राफी रहेको छ । नविन निरौलाले सम्पादन गरेको भिडियोलाई सुरेन्दै मल्लले निर्देशन गरेका हुन् । भिडियोलाई अर्जन तिवारीले छायांकन गरेका हुन् । हाइलाइट्स नेपालको युट्युब च्यानलमार्फत सार्वजनिक भएको हो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु