कालिकोटेको ‘तिम्रो त्यो नसालु’ (भिडियोसहित)

म्यूजिक खबर
प्रकाशित: २७ श्रावण २०७६, सोमबार

सन्तोष कालिकोटेको शब्द, सङ्गीत तथा स्वरमा तिम्रो त्यो नसालुु बोलको गीत सार्वजनिक भएको छ । उक्त गीतमा रिकेश गुरुङको एरेन्ज रहेको छ । गायक कालिकोटेको यसअघि, छटपटि गुन्द्रुक मिठो, जालैमा जालैमा लगायतका गीतहरु दर्शकले मन पराएका छन् । यस गीतलाई पनि हरु गीतझै माया पाउने आशावादी छु गायबक सन्तोष कालिकोटे भने रोमान्टिक शैलीमा बनेको गीतलाई निशान घिमिरे कस्यपले निर्देशन गरेका हुन्।

उक्त गीतको भिडियोमा जहाँ जय रसाइली र रिमा बिस्वकर्मा अभिनय रहेको छ । गोदावरी आसपासका स्थानमा खिचिएको गीतमा समरा जोसीको मेकअप,बुद्ध थापाको छायाकन र बिकास दाहालको सम्पादन देख्न सकिन्छ। उत्त गीतलाई निर्माण भने लक्ष्मी रसाइली र ललिता श्रेष्ठले गरेका हुन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु