काठमाडौं । पन्चेबाजामा आधारित गीत ‘दिलको राजा’ बजारमा आएको छ । भिडियोसहित बजारमा आएको गीतमा कामना ओली र पदम बिसिको आवाज रहेको छ ।
पदम बिसिको शब्द, लय तथा आशिष अविरलको संगीत संयोजनमा रहेको छ । यस्तै उक्त गीतमा चर्चित मोडेल रीना थापा मगर, बिरेन्द्र ओली, कामना ओली र राम कुमार ढकालको अभिनय हेर्न सकिन्छ ।
पछिल्लो समयका लोकप्रिय निर्देशक बिक्रम चौहानको निर्देशन रहेको छ भने मुकेश हुमागाईको छायांकन, दिपक बिस्टको सम्पादन रहेको छ । गीतलाई अक्सिजन मिडिया प्रा.लि. ले यो गीतलाई बजारमा लिएको हो ।
हेर्नुहोस् भिडियो :