• मौलिकता बचाउने उदेश्यले गायक परियारले ल्याए पञ्चेबाजा गीत ‘यतिबेला दरौंदी खोला’

    म्यूजिक खबर
    प्रकाशित: १४ बैशाख २०८२, आईतवार

    काठमाडौं । समय बित्दै जाँदा नेपालका रितिरिवाज परम्परामा धेरै परिवर्तन आएको छ । विवाह परम्परा पनि बदलिएको छ । कुनै समय गाउँमा विवाह हुँदा पञ्चेबाजा र नौमति बाजा अनिवार्य मानिन्थ्यो । अहिले धेरै बिबाहमा पञ्चै बाजा बज्दैन । यही स्थितीलाई मध्यनजर गर्दै गायक हरिराम परियारले पञ्जेबाजा गीत ‘यतिबेला दरौंदी खोला’ बोलको पञ्चेबाजा गीत सार्वजनिक गरेका छन् । मौलिकताको जगेर्णा पनि होस् र नयाँ पुस्तालाई पनि पञ्चेबाजा गीतका बारेमा जानकारी होस् भनेर यो शैलिको गीत ल्याएको गायक परियारले बताए । उनी भन्छन् – “गोरखाको दरौदी खोला, हरियाली डाँडाकाँडा र सांस्कृतिक सम्पदाको गर्विलो पहिचानलाई गीतमार्फत जनमानसमा पुर्याउने उद्देश्यले यो सिर्जना गरिएको हो

    गीतमा हरिराम परियार र रेजिना परियारको स्वर सुन्न सकिन्छ। हरिराम परियारकै संगीतमा तयार गरिएको गीतमा शब्द भने रविन लामिछानेले लेखेका हुन्। गीतको निर्देशन दिप कोके गुरुङले गरेका छन्।

    गोरखा क्षेत्रको प्राकृतिक सौन्दर्य र सांस्कृतिक रीतिरिवाजलाई प्रस्तुत गर्ने यस गीतको म्युजिक भिडियोमा सुमन परियार र संचिता बोलखेको अभिनय देख्न सकिन्छ। मौलिक पञ्चे बाजाको तालमा आधारित गीतले गोरखाली संस्कृति, परम्परा र भूगोललाई समेट्ने प्रयास गरिएको छ।

    गीतको कमेन्टमा प्रशंसा गरिएको छ । स्रोता तथा दर्शकको सकारात्मक प्रतिक्रिया पाएर गायक परियार मख्ख छन् ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु