चाडपर्वमा स्वदेश फर्कन नपाउँदाको पिडा समेटिएको गीत ‘राख्न त राख जमरा आमा’

म्यूजिक खबर
प्रकाशित: ३० आश्विन २०७७, शुक्रबार

काठमाडौं । हिन्दुहरुको महान चाड वडा दशैं संघारमै आइसकेको छ । नजिकिंदो दशैंसँगै पछिल्लो समय दशैंको महत्व र सिर्जीत परिस्थितीलाई समेटेर नेपाली साङगीतिक क्षेत्रमा धेरै गीतहरु सार्वजनिक भइरहेको छन् ।
यहि सिलसिलामा ‘राख्न त राख जमरा आमा’ बोलको मार्मिक गीत सार्वजनिक भएको छ । गीतमा संगीतकार तथा गायिका रेखा पौडेल र गायक कन्हैया सिंह परियारको स्वर रहेको छ ।

बिमल गौतमको मर्मश्पर्शी शब्द रहेको गीतमा रेखाको नै संगीत रहेको छ । मारुनी डिजिटल रेकर्डिङमा रेकर्ड गरिएको यो गीतलाई कुमार राना मगरले मिकिस्ङ गरेका हुन् । गीतमा रत्न बिकेको बाँसुरीवाद तथा भुवन गन्धर्वको तबलावादन सुन्न सकिन्छ ।

श्रमका लागि परदेशीएका नेपालीलाई चाडपर्वमा स्वदेश फर्कन नपाउँदाको पिडा गीतमा हुबहु समेटिएको छ । गीतको भिडियोलाई समिर लामाले निर्देशन गरेका हुन ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु