रेखाको ‘बरिलै तीजमा’ सारिकाको छमछमी

म्यूजिक खबर
प्रकाशित: १० श्रावण २०७६, शुक्रबार

काठमाडौं । नेपाली महिलाहरुको महान पर्व तीज नजिकिंदै गर्दा तीज विशेष गीतहरु सार्वजनिक हुने क्रम बढ्दो छ । यसै क्रममा सङ्गीतकार तथा गायिका रेखा पौडेलको तीज कोशेली ‘बरिलै तीजमा’ सार्वजनिक भएको छ ।

सार्वजनिक गरिएको रेखाको ‘बरिलै तीजमा’ मा नायिका सारिका घिमिरेले कम्मर मर्काएकी छन् । सारिकासँगै रेखा र अन्य कलारको पनि आकर्षक नृत्य रहेको छ भिडियोमा । गोविन्दप्रसाद उपाध्यायको शब्द रहेको यो तीजगीतमा कृष्ण बिकको एरेञ्ज र श्याम श्वेत रसाईलीको मिक्सिङ रहेको छ ।

विदुर सिवाकोटी नृत्य निर्देशन, भिजन सिवाकोटीको सहायक निर्देशन रहेको गीतको भिडियोलाई शिव पंगेनी र समूहले छायाँकन गरेको हो । मनोरञ्जन श्रेष्ठको रंग संयोजन रहेको भिडियोलाई भूपेन्द्र अधिकारीले सम्पादन गरेका छन् ।
हेरौं भिडियो

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु