
काठमाडौं । लोकप्रिय गायिका रेनु मोक्तानको पछिल्लो गीत ‘ए कसम’ सार्वजनिक भएको छ । समीर राईको शब्द सिर्जना एवं आदेश गुर्माछानको संगीत सिर्जनामा तयार भएको ‘ए कसम’ मा गायिका मोक्तानको स्वर रहेको छ । गीतको संगीत संयोजन संगीतकार आदेश गुर्माछानकै रहेको छ ।
‘ए कसम’ गीतको म्यूजिक भिडियोमा कमल सिंह र हिमा थापालाई फिचरिङ गरिएको छ । भिडियोको छायाँकन युदिन योञ्जनले गरेका हुन् भने विजयराज भुर्तेलको निर्देशन तथा सम्पादन रहेको छ । गीतको भिडियो कन्सेप्ट भने गीतकार समीर राईको रहेको छ । गीतलाई गायिका रेनु मोक्तानको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।
गायिका रेनु मोक्तानको यसअघि परिचय गीति एल्बम सार्वजनिक भइसकेको छ भने तीन दर्जनभन्दा गीतमा उनले स्वर दिएकी छन् । ढुंगालाई, छलफल, लायो लायो, आप्पाको छोरी, यो आँखालाई, मुटुको माझैमा जस्ता गीतहरु बजारमा चर्चित छन् ।