बज्यो मादलु रन्को, मेरो माया नाचीदेउ एक फन्को तीज गीत (भिडियोसहित)

म्यूजिक खबर
प्रकाशित: ३ भाद्र २०७६, मंगलवार

काठमाडौं । नेपाली नारीहरुको महान चार्ड हरितालीका तीज नजिकिदै गर्दा तीज सम्बन्धी गीतहरु सार्वजनिक भइरहेका छन् । नेपाली लोक सांगितिक क्षेत्रका चर्चित गायक, रचनाकार, मोडल तथा निर्देशक समेत रहेका रेशम सापकोटा, जुना श्रीस, सरोज बिरही र धर्तीमा थापामगर लगायतको आवाजमा मौलिक तीज गीत सार्वजनिक गरिएको छ । उक्त गीतमा गीतमा शब्द, संगीत सापकोटाकै रहेको छ भने कृष्ण बि,क,को एरेन्ज, राहुल राईको छायांकन, रहेको छ ।

उक्त गीतको भिडियोलाई निर्देशन पनि सापकोटाकै रहेको छ भने गोरन चौधरीको नृतइ निर्देशन रहेको छ । गीतको भिडियोमा रेशम सापकोटा, पुजा पराजुली, गोरन चौधरी, मनिषा राई, सम्प्रिया खड्का, देव गुरुङ, अनिशा न्यौपाने र खबापु चन्चल मगरको अभिनय रहेको छ । र रोशन धितालको सम्पादनमा रहेको गीतको भिडियोलाई तरेली संगीत कुञ्जमार्फत सार्वजनिक गरिएको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु