रेश्मा प्रसाइलाई मिस नेपाल पिसको ताज

म्यूजिक खबर
प्रकाशित: ९ बैशाख २०७६, सोमबार

रेश्मा प्रसाईंले  ‘मिस नेपाल पिस २०१९’ (मिस नर्स)को ताज चुम्न सफल भएकी छन् । काठमाडौ किर्तिपुर निवासी २२ बर्षिया प्रसाईं ब्युटी विथ ब्रेनको उपाधि सहित शीर्ष बिजेता चुनिएकी हुन् । प्रतिस्पओम हेल्थ कलेजमा बिएससी नसिङको पास आउट बिद्यार्थी प्रसाईले २४ र्धीपछि पार्दै नगद रु ५० हजारसहित विभिन्न उपहारसमेत हात पारिन् । शनिबार अबेर साँझ सोल्टीमोडस्थित होटल सोल्टी क्राउन प्लाजाको रोज गार्डेन हलको भव्य स्टेज सेटअपमा आयोजित प्रतियोगितामा ट्यालेन्ट उपाधिसहित रोशनी शाही फस्ट रनर अप र फोटोजेनिक उपाधिसहित आकृति मानन्धर सेकेन्ड रनर अप चुनिए ।  क्रमसः नगद ३० हजार र २० हजारसहित विभिन्न गिफ्ट समेत हात पारेका छन् । व्यवसायिक जीवनलाई समाज सामू साक्षात्कार गराएर उनीहरुको व्यक्तित्व, प्रतिभा र रुचिलाई फरक प्लेटफर्म दिँदै स्वास्थ्य सचेतनाको आवश्यकतालाई एउटा भिन्न प्रस्तुतिमार्फत् व्यक्त गर्ने उद्देश्यअनुरुप ‘मिस नेपाल पिस’ आयोजना हुँदै आएको आयोजक संस्था नेक्स्ट मोडल्स नेपालका अध्यक्ष रवि धमलाले बताए ।नेपाल ब्रिस्ट क्यान्सर फाउन्डेनको सहकार्य र रोजिन शाक्यको सञ्चालन तथा कोरियोग्राफी रहेको प्रतियोगिताका प्रस्तुतिलाई स्वास्थ्य सचेतनामा केन्द्रित रहेका २५ जना नर्सिङ सुन्दरीहरुको प्रस्तुति रनवे मोडलको जस्तै प्रभावकारी थियो ।  पूर्व मिस नेपाल अश्मि श्रेष्ठ र मोडल हन्ट नेपाल विजेता आशिष केसी शो स्टपरका रुपमा रनवे प्रस्तुतिमा रहेका थिए । विगतका भन्दा अझ बढी भव्य र सफल भएकोमा आयोजक संस्था व्यवस्थापक यतना पाण्डेले खुशी व्यक्त गरे । प्रतियोगिताको निर्णायकमा चिकित्सकद्वय सन्ध्या चापागाई र सुजिता हिराचन, अभिनेत्री बेनिशा हमाल, अभिनेता तथा गायक कोशिश क्षेत्री तथा स्काइफल इन्टरनेसनल एजुकेसनल कन्सल्टेन्सीका सीईओ तेयन शर्मा रहेका थिए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु