• समाजको प्रतिनिधित्व गर्ने ‘शंख’ (भिडियो सहित)

    म्यूजिक खबर
    प्रकाशित: २२ चैत्र २०७५, शुक्रबार ०१:२३

    आर पोखरेल
    काठमाडौं । नेपाली मौलिक लोकभाकाहरुको बजारमा आगमन भै रहेको अवस्थामा सामाजिक परिवेशलाई समेटेर तयार पारिएको मौलिक लोक भाकामा आधारित बास्तविक समाजको प्रतिनिधित्व गर्ने ‘शंख’ गीतको भिडियो बजारमा आएको छ । गीतमा गायक रिजन थापा मगर र गायिका देवि घर्ति मगरको आवाज रहेको छ । गीत सार्वजनिक भए सगैँ सर्वाधिक चर्चाको शिखरमा रहन सफल भएको छ ।

    अभाव र पिडामा रुमलिन बाध्य गरिवीको चपेटामा परेका आम नेपालीको बास्तविक भोगाई लाई समेटेर फरक तवरबाट गीत तयार पारिएको गायक रिजनले बताए । गरिव भएकै कारण समाजले हेप्ने तितो यथार्थलाई गीतमा समेटिएको छ । प्रकाश सापकोटाको शब्द तथा रिजन थापा मगरको लय सिर्जना गीतमा रहेको छ । गीतको एरेन्ज यम थापा मगरले गरेका छन ।

    बासु बरालको छायाँकन , श्याम कुवँरको सम्पादन र देवेन्द्र पाण्डेको गीतमा भिडियो रहेको छ । गीतको भाव अनुसारको अभिनय प्रकाश सापकोटा , सिमा ढकाल , सावित्रा गुरुङ , खेम नेपाली धर्ति ,पाशा दाई , नवराज शर्मा , विशाल शर्माको साथमा बाल कलाकार क्रिस श्रेष्ठको अभिनय रहेको छ ।

    ‘शंख’ गीतको भिडियो हेर्नुहोस ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु