राईजिङस्टार सिजन-५ भव्यताका साथ सम्पन्न !

म्यूजिक खबर
प्रकाशित: ९ बैशाख २०७६, सोमबार

राष्ट्रियनाचघरको मञ्चमा आयोजित राईजिङस्टार सिजन-५ को ग्राण्डफिनाले यहि बैशाख ७ गते भव्यरुपमा सम्पन्न भएको छ । काठमाडौंको जोरपाटीस्थित टाइमलाइन स्कुलमा कक्षा ८ मा अध्ययनरत प्रसुन बडाल आफ्ना ८५ जना प्रतिश्पर्धीहरुलाई पछि  पार्दै राईजिङस्टार सिजन-५ को बिजेता बन्न सफल भएका छन् । उनले नगद रु. ५१ हजार सहित ताज, अवार्ड र बिभिन्न आकर्षक गिफ्टह्याम्परहरु पाए । उनलाई गतवर्षको बिजेता अस्मिता खड्काले ताज लगाईदिएका थिए ।

त्यस्तै एशिएन पब्लिक स्कुल अनामनगरकी कक्षा ८ मा अध्ययनरत दृष्टि श्रेष्ठले सिनियरतर्फबाट फस्र्ट रनरअप बन्न सफल भइन् भने जुनियरतर्फबाट जेम्स स्कुल धापाखेलमा कक्षा ५ मा अध्ययनरत पल्सा खड्का फस्र्ट रनरअप बन्न सफल भईन् ।

टाइम लाइन स्कुल, जोरपाटीकै कक्षा ६ मा अध्ययनरत आयुष्मा राई सिनियर तर्फबाट सेकेण्ड रनरअप भईन् भने जुनियरतर्फबाट इडन ब्रीज एकेडेमी धापासीको कक्षा ३ मा अध्ययनरत करुणा राई सेकेण्ड रनरअप हुन सफल भइन् ।

तेस्रो हुन सफल – जुनियरतर्फबाट लोयल्टी एकेडेमी, कक्षा ३ मा अध्ययनरत सिम्रन पुन ।
सिनियरतर्फबाट पवन प्रकृति स्कुल, कक्षा ८ मा अध्ययनरत प्रेमा रोगु ।

चौथो हुन सफल – जुनियरतर्फबाट जेम्स स्कुल, कक्षा ५ मा अध्ययनरत गौरव सिटौला ।
सिनियरतर्फबाट इनोभेटीभ स्कुल, कक्षा ६ मा अध्ययनरत सुयोग बर्दन आचार्य ।

पाँचौ हुन सफल – जुनियरतर्फबाट फ्लोरिसेन्ट स्कुल, कक्षा ५ मा अध्ययनरत यसस्विनी थापा ।
सिनियरतर्फबाट लोयल्टी एकेडेमी, कक्षा ६ मा अध्ययनरत आयुष कार्की ।

छैटौं हुन सफल – जुनियरतर्फबाट जेम्स स्कुल, कक्षा ५ मा अध्ययनरत अमन मिश्र ।
सिनियरतर्फबाट आइडियल मोडल स्कुल, कक्षा ९ मा अध्ययनरत आयुष्मा ढकाल ।

सातौं हुन सफल – जुनियरतर्फबाट लोयल्टी एकेडेमी, कक्षा ५ मा अध्ययनरत सिकुम लिम्बु ।
सिनियरतर्फबाट लिटिल एन्जल स्कुल, कक्षा ७ मा अध्ययनरत प्राप्ति काफ्ले ।

काठमाडौं उपत्यकाका विभिन्न विद्यालयमा अध्ययनरत कक्षा १ देखि १० सम्मका जम्मा ८६ बालबालिका दुइ चरणको अडिसनबाट छनौट भई फाइनल प्रतिस्पर्धामा सहभागि भएका थिए ।

कार्यक्रमका निर्णायकहरुमा बरिष्ठ नृत्य निर्देशक तथा कोरियोग्राफर सुमनसागरजंग केसी, चर्चित गायिका प्रविशा अधिकारी, चार्टर एकाउण्टेन दिलिप घिमिरे, मिस मंगोल २०१८ कि बिजेता जाङ्मु शेर्पा, चलचित्र निर्माता तथा नायिका रोशनी केसी, राईजिँस्टार २०१६ कि बिजेता अनुस्का मानन्धर र राईजिँस्टार २०१७ का बिजेता असल अधिकारी रहेका थिए । कार्यक्रममा चर्तित गायक धिरज राईले आफ्ना चर्चित गीतहरु गायका थिए भने राईजिँस्टारका बिजेताहरु स्मेरा सिं, अनुष्का मानन्धर, असल अधिकारी र अस्मिता खड्काले आफ्ना प्रस्तुतिहरु प्रश्तुत गरेका थिए ।

प्रथम राईजिङस्टार बिजेता स्मेरा सिँ, दोश्रो बिजेता अनुष्का मानन्धर, तेस्रो बिजेता असल अधिकारी र गत बर्षकी चौथो बिजेता अस्मिता खड्काले पानसमा द्धीप प्रज्जवन गरि कार्यक्रमको उद्घाटन गरेका थिए भने कार्यक्रमका संयोजक तथा क्रियटीभ वल्र्डका प्रबन्ध निर्देशक प्राज्ञ शान्तिराम राईले बालबालिकाहरुको आत्मविश्वास, व्यक्तित्व विकास, बौद्धिक विकास र कला प्रतिभाको बिकासले भोलिको सबल राष्ट्र निर्माणमा सघाउ पु¥याउन मद्धत पुग्ने विश्वासका साथ यस किसिमको कार्यक्रम आयोजना गरिएको बताए ।

कार्यक्रम सफलताका साथ सम्पन्न गर्न पाएकोमा साथ दिने सम्पुर्ण अभिभावक, स्पोन्सरर्स, विद्यालयका प्रिन्सिपल, संचारजगत लगायत सम्पूर्ण सहयोगीहरुलाई धन्यवाद व्यक्त गरे ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु