• तीजको छेको पारेर ‘छड्के नजर’ लाउँदै आइन् रिता

    म्यूजिक खबर
    प्रकाशित: ७ श्रावण २०७६, मंगलवार

    काठमाडौं । गायिका रिता केसीको स्वरमा रहेको तीज गीत ‘छड्के नजर’ सार्वजनिक भएको छ। सुगम संगीतसंगै लोक संगीत क्षेत्रमा समेत सकृय रहेकी गायिका केसीले तीजको छेको पारेर आफ्नो नयाँ तीज गीत सार्वजनिक गरेकी हुन् ।

    यशोदा थापा ‘यशु’को शब्दमा राजन कार्कीको संगीत रहेको उक्त गीतको भिडियो प्रकाश राउतको कोरियोग्राफी तथा निर्देशनमा तयार भएको हो । राम कुमार केसीको छायांकन रहेको भिडियोमा टेकेन्द्र शाहको सम्पादन रहेको छ भने गायिका केसीसंगै मनोज ओलीको अभिनय देख्न सकिन्छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु