रिता केसी र ध्रुवको ‘के पर्‍यो कान्छाको पुरा नाम’ (भिडियोसहित)

म्यूजिक खबर
प्रकाशित: २७ भाद्र २०७६, शुक्रबार

काठमाडौं गायिका रिता केसी र ध्रुव विश्वको स्वरमा रहेको गीत ‘के पर्‍यो कान्छाको पुरा नाम’को बोलको म्यूजिक भिडियो सार्वजनिक भएको छ । उक्त गीतको भिडियोलाई गम्भिर विष्टको निर्देशन रहेको छ भने सोही गीतको भिडियोमा नायिका नम्रता सापकोटा र गायकगम्भिरले ने अभिनय गरेका छन् । ‘के पर्‍यो कान्छाको पुरा नाम’ बोलको गीतमा धनबिर पुनको शब्द र पछिल्लो समयका चर्चित संगीतकार दीपक शर्माको सङ्गीत रहेको छ भने उदयराज पौडेलको एरेञ्ज रहेको छ ।

सोही गीतको भिडियोलाई सुवोल थापाले कोरियोग्राफी गरेका छन् भने सोही भिडियोलाई नवराज उप्रेतीले छायाँकन गरेका हुन् भने त्यस्तै उक्त भिडियोलाई नवीन निरौलाले सम्पादन गरेका हुन् । ‘के पर्‍यो कान्छाको पुरा नाम’ बोलको गीतलाई रिता के,सी को युट्यूबच्यानलबाट सार्वजनिक गरिएको हो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु