शशक्त महिलाहरुसँग गायिका रितु कँडेलले मनाइन् जन्मदिन

म्यूजिक खबर
प्रकाशित: २ मंसिर २०७८, बिहीबार

काठमाडौं । गायिका रितु कँडेलले आफूसँग नजिक रहेका र आफूलाई माया गर्ने शशक्त महिलाहरुसँग खुसी साटासाट गर्दै जन्मदिन मनाएकी छिन् । उनले सौन्दर्यकर्मीहरु र एकिकृत शक्ति नेपालका शशक्त महिलाहरुसँग आफ्नो जन्मदिन हिजो (बुधबार) मनाएकी हुन् ।

ललितपुरको मिठो थकाली भान्छा घरमा केक काटेर सेलिब्रेसन गरिएको कार्यक्रममा बरिष्ठ सौन्दर्यकर्मीहरु सोनि कारन्जित, रश्मिला श्रेष्ठ, एकिकृत शक्ति नेपालकी अध्यक्ष अन्जु सुवेदी, उपाध्यक्ष सुनिता बुढाथोकी लगायतले रितुलाई जन्मदिनको शुभकामना दिएका थिए ।

जन्मदिन सेलिब्रेसन कार्यक्रममा थुप्रै नाम चलेका सौन्दयर्कर्मीहरु र एकिकृत शक्ति नेपाल टिमकोे उपस्थिती रहेको थियो । जसमा गायिका लक्ष्मी पुरी प्रधान, व्यवसायी एवं समाजसेवी प्रकाशकुमार श्रेष्ठ, अन्जु बुढाथोकी, बिन्दु बुढाथोकी, शुशिला नेपाल, रेनु शाक्य राणा, रिज्जु श्रेष्ठ, सुजता राई, कमला लामिछाने, सेविना दाहाल, समाजसेवी सन्तोष सराफ, रचना शाक्य महर्जन, सञ्चारकर्मी सविता पोखरेल र लोकप्रिय फोटोग्राफर बद्रि थापा लगायतको उपस्थिती रहेको थियो ।

गायिका रितु कँडेल नेपाली सांगीतिक धरातलमा अनुशासित र शिक्षित गायिकाका रुपमा पनि चिनिन्छन् । रितुलाई म्यूजिक खबर परिवारको तर्फबाट पनि जन्मदिनको हार्दिक शुभकामना ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु