‘अली अली लजाउँदै’ : रितु गाउने, रुबिना नाँच्ने

म्यूजिक खबर
प्रकाशित: २८ श्रावण २०७८, बिहीबार
ritu kandel रितु कँडेल

काठमाडौं । नेपाली नारीहरुको महान् चाड तिज जति नजिक आउँदै जान्छ उति नै तिजका गीतसंगीतले बजारमा गरमागरम हुने गर्छ । गायक गायिकाहरुको चहलपहल तिजमा निकै बढ्ने गर्छ । पछिल्लो समय सामाजिक सञ्जालको भीडमा टिकटकले पनि उत्तिकै बजार पाइरहेको छ । यहि क्रममा गायिका रितु कँडेलले पनि ‘अली अली लजाउँदै’ बोलको मौलिक तिज गीत सार्वजनिक गरेकी छिन् ।

आफ्नै युट्युब च्यानल मार्फत बुधबार सार्वजनिक गीतमा स्वर रितु आफैंले दिएकी हुन्। लय र म्युजिक पनि रितुकै रहेको गीतमा एरेन्ज गोविन्द मधुर आचार्य र सम्पादन प्रकाश धमलाको रहेको छ। सुरेश श्रेष्ठले क्यामेरा र मिक्सिंग खडक बाजुरालीको रहेको छ।

भिडियो निर्देशन र कोरियोग्राफी स्मृति तिमल्सिनाको छ भने रुविना अधिकारी र रितु स्वयंको अभिनय देख्न सकिन्छ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु