गायिका रितुलाई बिशेष सेवा सम्मान

म्यूजिक खबर
प्रकाशित: ४ बैशाख २०७९, आईतवार

काठमाडौं । नेपाली सांगीतिक धरातलमा अनुशासित गायिकाका रुपमा स्थापित भएकी गायिका गायिका रितु कँडेल सम्मानित भएकी छन् । चन्द्र लोक प्रतिष्ठानले शनिबार राजधानीमा आयोजना गरेको एक बृहत कार्यक्रममा गायिका कँडेल विशेष सेवा सम्मानबाट सम्मानित भएकी हुन ।

कार्यक्रमका प्रमुख अतिथि मन्त्री परिषदका पूर्व अध्यक्ष खिलराज रेग्मीले उनलाई सम्मान गरेका हुन् । गायिका रितु सहित विभिन्न पेशामा रहेका ख्याती प्राप्त सामाजिक व्यक्तित्वहरुलाई सम्मानित गरिएको थियो ।

यो सम्मानले गीतसंगीत क्षेत्रमा अग्रसर हुन थप ऊर्जा मिलेको रितुले म्यूजिक खबरलाई बताइन् । उनले यस्तै सम्मान, हौसलाका कारण बाँचुन्जेल आफूलाई गीतसंगीत क्षेत्रमा नै समर्पित गराउने उत्प्रेरणा मिलेको बताइन् । रितुले देश विदेशमा कन्सर्टमा आफ्नो प्रस्तुत गरिसकेकी छन् भने यसअघि पनि विभिन्न संघसंस्थाबाट सम्मानित भइसकेकी छिन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु