चर्चा बटुल्दै ‘मनचरी’

म्यूजिक खबर
प्रकाशित: २५ आश्विन २०७७, आईतवार

काठमाडौं । गायिका एवं मोडल रितु तामाङ र गायक योगेश काजीको आवाजमा रहेको लोकदोहोरी गीत ‘मनचरी’ को भिडियो सार्वजनिक भएको छ ।
तेजश रेग्मीले शब्द रचना र संगीत भरेको उक्त गीतचमा गायक योगेशले नै संगीत संयोजन गरेका छन् ।

उक्त भिडियो निर्देशक शिव विकको युट्यूब च्यानल ‘शिव फिल्मस’ बाट सार्वजनिक गरिएको हो । गीत सार्वजिनक भएसँगै चर्चा पनि भएको छ । अधिकांश कमेन्टमा गीतको अडियो भिडियो दुबैलाई राम्रो तारिफ भएको छ ।

राग स्टुडियोमा रेकर्ड गरिएको गीतको भिडियो निर्देशक शिव विकले नै निर्देशन र कोरियोग्राफर गरेका छन् भने अजय रेग्मीले खिचेका छन् । मिलन विश्वकर्माले सम्पादन गरेका हुन् ।

उक्त भिडियोमा मोडल दुर्गेश थापा, निर्देशक शिव विक, गायिका रितु तामाङ, उषा सुवेदी, लोमस शर्मा लगायत धेरै कलाकारहरुले नृत्य प्रस्तुतिको साथ अभिनय गरेका छन् ।
म्युजिक भिडियोमा ख्याल ठट्टा देखि ऋतु तामाङको बिहेसम्मको कुरा देखाईएको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु