अमेरिकन रक व्याण्ड द भाइब्ज व्याण्डको नयाँ वर्षमा ‘निराकार’

म्यूजिक खबर
प्रकाशित: १८ पुष २०७७, शनिबार
rock band

काठमाडौं । लोकप्रिय नेप्लीज अमेरिकन रक व्याण्ड द भाइब्ज व्याण्डले अंग्रेजी नयाँ वर्षको सांगितिक उपहारस्वरुप एक रोमान्टिक म्युजिक भिडियोसहित नयाँ गीत सार्वजनिक गरेको छ।

व्याण्डले अंग्रेजी नयाँ वर्ष २०२१ का अवसरमा निराकार बोलको गीत म्युजिक भिडियोसहित सार्वजनिक गरेको हो। भाइब्जको नयाँ गीनतले भन्छ निश्चल निराकार मन मेरो कहिले दौडन्छ कहिले थामिन्छ, हर स्थिरतामा गतिशीलतामा हरक्षण हरपल हर क्षण आभास तिम्रै। अमेरिकाका विभिन्न रमणीय स्थलमा छायांकन गरिएको म्युजिक भिडियोमा ब्राजिलियन र भारतिय मोडलले अनस्क्रिन रोमान्स गरेका छन्। यसमा ब्राजिलका क्रसफिट ट्रेनर किको नासिमान्टो र सान फ्रान्सिस्कोमा बस्दै आएकी भारतिय व्यावसायिक मोडल शालिनी श्रीवास्तवले अनस्क्रिन रोमान्स गरेका छन्।

नेपालमा एक दशकभन्दा लामो समयसम्म म्युजिक भिडियो निर्देशन गरी हाल सान फ्रान्सिस्कोमा बस्दै आएका सुरज शाहको निर्देशनमा तयार भएको म्युजिक भिडियोमा छायांकन र सम्पादन पनि उनकै रहेको छ। म्युजिक भिडियो हाईलाईट्स नेपालको युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो।

संगीत, संगीत संयोजन, मिक्सिङ र भोकल द भाईब्ज व्याण्डको रहेको गीतमा गीत रचना अर्चना श्रेष्ठ, बांसुरी मनोज सिंह, अतिरिक्त गितारवादन, दीपेन्द्र राई, छायांकन निर्देशन, ड्रोन र कलर विनोद केसी र अमित गुरुङ तथा सह निर्देशन मनोज केसी र रोहित क्षत्रीको रहेको छ। द भाइब्ज व्याण्डले केही अघि विजयता दशमीको अवसर पारेर मात्र तिमी बोलको गीत सार्वजनिक गरेको थियो।

द भाइब्ज व्याण्ड अमेरिकाको सान्ता रोजामा रहेका उत्साहित सांगितीक युवाहरुले स्थापना गरेको व्याण्ड हो। व्याण्डले गठन भएको ४ वर्षको मेहनतपछि स्तरिय नेपाली रक गीत संगीतहरुलाई समावेश गरेर पहिलोपटक सन् २००९ मा द भाइब्ज जेनेरेशनको नाममा रक गिती अडियो एलबम सार्वजनिक गरेको थियो। पहिलो एलबमबाटै वाहवाही पाए पनि स्तरिय गीत संगीतमा मात्र विश्वास राख्ने व्याण्डले दोस्रो एलबम सार्वजनिक गर्नका लागि अर्को ४ वर्ष लगाएको थियो र सन् २०१३ मा दोस्रो एलबम को हुँ म बजारमा ल्याएको थियो। पहिलो एलबम ल्याएलगत्तै सन् २००९ को हिट्स एफएम अवार्ड र इमेज अवार्ड मिसकेको द भाइव्ज व्याण्ड संगीत क्षेत्रमा केही गर्ने उच्च महत्वकांक्षाका साथ मूख्यतया ३ उत्साहि युवाले गठन गरेका थिए। व्याण्डमा दिरेकललाल श्रेष्ठ ड्रमर, प्रइन सिंह भोकलिष्ट र रुपक लामा गितारिष्ट रहेका छन्। व्याण्डले खै के भो, थाकी सके, त्यही पल, आमा, फसें म र हाम्रो तारा बोलका गीतमाथिको म्युजिक भिडियोमार्पmत समेत ख्याति आर्जन गरिसकेको छ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु