दिपकराजको संगीतमा ‘के यो माया हो’

म्यूजिक खबर
प्रकाशित: २० माघ २०७६, सोमबार

पछिल्लो समय संगीतकारका रुपमा निकै सम्भावना बोकेका संगीतकार हुन् दिपकराज विश्वकर्मा । उनै प्रतिभाशाली संगीतकार दिपकराजको संगीतमा नयाँ गीत सार्वजनिक भएको छ । के यो माया हो बोलको उक्त गीतमा एरेन्ज पनि दिपककै रहेको छ । चिरन्जिबी अधिकारीको शब्द रहेको गीतमा गोविन्द राई र अनु चौधरीको स्वर सुन्न सकिन्छ ।
मुस्तांगमा खिचिएको रोमान्टिक म्युजिक भिडियोमा स्रिस्टि खड्का र चिरन्जिबी अधिकारी फिचर्ड छन् । गीतलाई निसान घिमिरेले निर्देशन गरेका हुन् भने कोरियोग्राफी प्रमोद कुमार भण्डारीको रहेको छ । भिडियोमा बुद्द थापाको छायाँकन, सुरेस काफ्लेको ड्रोन,मनोज लामा र महि सिंहको मेकअप समाबेश रहेको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु