• गायक रोनितको ‘दृष्टि’ मा तेन्जिन्

    म्यूजिक खबर
    प्रकाशित: २८ पुष २०७९, बिहीबार

    काठमाडौं । विगत ६ वर्ष देखि नेपाली गीत संगीत क्षेत्रमा सक्रिय गायक रोनित खालिङ राईले ‘सम्बन्ध’, ‘प्रतिबिम्ब’ लगायतका म्युजिक भिडियो पश्चात हालै अर्को नया म्युजिक भिडियो ‘दृष्टि’ सार्वजनिक गरेका छन्।

    यस गीतलाई गायक राई, पेम्बा र आकाशले मिलेर लेखेका हुन्। पेम्बा र आकाशले सयुक्त रुपमा संगीत संयोजन गरेका हुन्। म्युजिक भिडियोमा एउटा युवाले अनाथालयलाई सहयोग गर्नको लागि गरेको प्रयास र यात्रालाई सुन्दर तरिकाले प्रस्तुत गरिएको छ। भिडियोमा तेन्जिन डोल्मा बज्राचार्य र स्वयम् गायक राईको अभिनय रहेको छ।

    ग्रे म्याटर फिल्म्सको प्रस्तुति रहेको यस भिडियोलाई विकास रंजितकारले छायाँकन र सम्पादन गरेका हुन्। भिडियोलाई दिवेज शाहको निर्देशनमा तयार पारिएको हो। भिडियो गायक राईको युट्युव च्यानल रोनित खालिङ राई अफिसिएल मार्फत सार्वजनिक भएको हो।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु