रोज ब्युटी एकेडेमीको वार्षिकोत्सवमा प्रतिष्ठित व्यक्तित्वहरु सम्मानित, ६० ब्युटिसियन दिक्षित

म्यूजिक खबर
प्रकाशित: ९ माघ २०७९, सोमबार

काठमाडौं । रोज ब्युटी एकडेमी तथा रोज स्किल डेभलपमेन्ट सेन्टरको २२ औं स्थापना दिवस मनाइएको छ । कार्यक्रमको आयोजना गर्दै भव्य समारोहका बीच दिवस मनाइएको हो । कार्यक्रममा विभिन्न तह र तप्काबाट देशलाई योगदान पू¥याउँदै आएका व्यक्तित्वहरुलाई सम्मान गरिएको थियो ।

त्यस्तै रोज ब्युटी एकेडेमी तथा रोज स्किल डेभलपमेन्ट सेन्टरमार्फत सीटीईभीटीबाट ब्युटिसियन पेसामा डिप्लोमा गरेका ६० जना ब्युटिसियन दीक्षित भए । उनीहरूले सीटीईभीटीबाट लेबल वान र लेबल टु (डिप्लोमा) उत्तीर्ण गरेका हुन् । बाग्मती प्रदेशका सांसद बिन्दु श्रेष्ठ, सीटीईभीटीण्का सदस्य सचिब जीवनारायण काफ्ले, लायन्स डिस्ट्रिक ३२५ एल नेपालका गर्भनर मणिश्री रत्न बज्राचार्य, रोज ब्युटी एकेडेमीकी अध्यक्ष एवं अग्रज ब्युटिसियन सोनी कारंजितले उनीहरूलाई संयुक्तरूपमा दीक्षित गरे । यस्तै, रोज ब्युटी एकेडेमीबाट ब्युटिसियन कोर्षमा डिप्लोमा गरेका ६८ जनालाई कार्यक्रममा प्रमाणपत्र प्रदान गरियो ।

विभिन्न क्षेत्रमा लामो समयदेखि योगदान पु¥याएका केही व्यक्तिलाई सो कार्यक्रममा रोजका तर्फबाट सम्मानित गरिएको थियो । कार्यक्रममा वरिष्ठ साहित्यकार दुर्गाकिरण तिवारी, अभिनेत्री संचिता लुइँटेल, गायिका मञ्जु पौडेल, समाजसेवी गणेश शाही, सिर्जना नेवा, ईश्वरी खत्री, सञ्जय अधिकारी, मिलन दाहाल र सौन्दर्यकर्मी सकुन्तला अवालेलाई सम्मान गरियो ।

रोजब्युटी एकेडेमीकी अध्यक्ष सोनी कारंजितले यस वर्षबाट आपूmहरूले दीक्षान्त समारोह सुरु गरेको बताइन् । आपूmहरूले यो २२ वर्षमा एकेडेमीबाट १२ हजार ब्युटिसियनलाई डिप्लोमा गराएर यो क्षेत्रमा ल्याएको जानकारी गराइन् ।

बाग्मती प्रदेशकी सांसद बिन्दु श्रेष्ठले यो एकेडेमीले नेपालमा महिलालाई ब्युटीसम्बन्धी पेसा सिकाइ रोजगारी दिएर आर्थिकरूपमा सक्षम बनाउन मद्दत पु¥याएको बताइन् ।

कार्यक्रममा वरिष्ट सौन्दर्यकर्मी राज्यश्री श्रेष्ठ, सीटीईभीटीका निर्देशक टैलेन्द्र आचार्य, अभिनेत्री रेजिना उप्रेती, अभिनेताद्वय यसराज गराच, दिक्पाल कार्की, गायक आशीष सचिन गौतम, लायन्स क्लब अफ काठमाडौं अभियानका अध्यक्ष सुन्दर थापालगायतले सो एकेडेमीले सौन्दर्य क्षेत्रमा पु¥याएको योगदानको चर्चा गरे ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु