• संचारकर्मी रोशन र इन्द्रको शब्द ‘पैसाको अभाव’मा पूर्णकला र सुरजको विलौना

    म्यूजिक खबर
    प्रकाशित: १३ भाद्र २०७७, शनिबार

    काठमाडौं । संचारकर्मी रोशन पोखरेल यतिखेर सिर्जनामा लागेका छन् । रोशन पोखरेल र इन्द्र दाहालको सिर्जना रहेको गीत बजारमा सार्वजनिक भएको छ । गायिका पूर्णकला विसी र गायक सुरज थापाको स्वरमा रहेको उक्त गीतमा सन्तोष पौडेलले लय सिर्जना गरेका छन् ।

    स्वदेशमा रोजगारी नभएपछि गाउँको जमिन बाँझो राखेर पैसाको अभावमा धन कमाउने सपना बोकेर विदेश गएका हजारौ नेपाली युवाको भोगाईलाई गीतमा समेटिएको छ । साहुसँग ऋण लिएर परदेशीभू्मिमा पसिना बेच्न विवश हजारौ युवाको बास्तविक कथालाई गीतमा समेटिएको छ ।

    गीतको शब्द तथा भाव अनुसारको एरेन्ज कृृष्ण केसीले गरेका छन् । सुशिल डाँगी र राहुल राईको छायाँकन , अविनास डिसीको सम्पादन तथा रविन शाहको निर्देशन भिडियोमा रहेको छ । ‘पैसाको अभाव’ गीतको भिडियोमा सारिका केसी, जय देवकोटा, शेखर दाहाल र बाल कलाकारको भूमिकामा प्रिन्सा खड्का र चन्दन शाहीको अभिनय रहेको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु