दोस्रो गलकोट घुम्टे महोत्सवले बुझायो रोयल्टी

म्यूजिक खवर
प्रकाशित: २४ कार्तिक २०७६, आईतवार

काठमाडौं । आगामी मंसिर ४ गतेदेखि ११ गतेसम्म हुन गइरहेको दोस्रो गलकोट घुम्टे महोत्सवले कलाकारहरुको बौद्धिक सिर्जनाको सम्मानस्वरुप रोयल्टी प्रदान गरेको छ । कलाकारहरुको सिर्जनालाई सार्वजनिक रुपमा प्रयोग गरी मेला महोत्सवको माध्यमबाट व्यापार गरिरहँदा कलाकारको अधिकारमाथि खेलवाड भएको महसुस गर्दै रोयल्टी प्रदान गरेको महोत्सवको सचिवालय सदस्य एवम् काठमाडौं संयोजक भूपिन्द्र खत्रीले जानकारी गराए । गल्कोट घुम्टे महोत्सवका तर्फबाट सचिवालय सदस्य विराज सुवेदी र सचिवालय सदस्य एवं काठमाडौं संयोजक भूपिन्द्र खत्रीले २५१२५ रुपैयाँ प्रदान गरेका थिए । संगीत रोयल्टी संकलन समाजका अध्यक्ष महेश खड्का, सदस्य श्रीकृष्ण बममल्ल, सुमन पण्डित, विपिन किरण, शिरिष देवकोटा लगायत पत्रकारहरुको उपस्थितिमा उक्त रोयल्टी प्रदान गरिएको थियो ।


लोपोन्मुख संस्कृति, प्राकृतिक , ऐतिहासिक तथा जैविक सम्पदाको संरक्षण समृद्ध गलकोट निर्माणमा एकीकृत पर्यटन विकास एवं प्रबद्र्धन भन्ने मूल नाराका साथ गलकोट घुम्टे पर्यटन विकास केन्द्र बाग्लुङको आयोजनामा हुन लागेको उक्त महोत्सव आगामी मंसिर ४ देखि ११ गतेसम्म संचालन हुने जनाइएको छ । महोत्सवमा बाग्लुङमा जन्मिएर राष्ट्रि«यस्तरमा ख्याति कमाएका कलाकारहरुको साथमा चर्चित कलाकारहरुको प्रस्तुति रहने बताइएको छ । रोयल्टीका लागि गायक वसन्त थापा र संगीतकार श्रीकृष्ण बममल्लको विशेष पहल रहेको र आयोजक पक्षबाट नै स्रष्टाको सिर्जनाको मूल्य तिर्नुपर्ने प्रस्ताव आएको बताइएको थियो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु