“धरान धनकुटा” गीतका संगीतकार रुद्र श्रेष्ठको नयाँ गीत “काबेली खोला” सार्वजनिक

म्यूजिक खबर
प्रकाशित: १६ कार्तिक २०७७, आईतवार

काठमाण्डौ । दशैँ र दिपावलीलाई लक्षित गरी विभिन्न खालका गीत संगीत बजारमा आईरहेका छन् । पछिल्लो समय संगीतकार रुद्र श्रेष्ठको एरेन्जमा तथा सुमधुर संगीतमा रहेको “काबेली खोला”बोलको नयाँ पूर्वेली गीत दर्शक–स्रोतामाँझ लिएर आएका छन् । उत्त गीत पूर्वाञ्चल म्युजिक अफिसियल यूट्यूव च्यानलबाट सार्वजनिक गरिएको छ ।
भिडियो :

गीतमा गायत्री लम्सालको शब्द रहेको छ भने संगीतकार रुद्र श्रेष्ठको संगीत तथा एरेन्ज रहेको छ । सरल र मिठासपूर्ण शब्दहरु र संगीत रहेको यो गीतमा गायक कुशल थालाङ्ग र गायिका अप्सरा बिस्टको आवाज सुन्न सकिन्छ । संगीतकार रुद्र श्रेष्ठको निर्माणमा तयार भएको “काबेली खोला” गीतको, छायांकन र सम्पादन रीकेश बज्राचार्यले गरेका हुन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु