• राष्ट्रिय रनिङ शिल्ड खुल्ला दोहोरी गीत प्रतियोगिता – २०७८ हुने

    म्यूजिक खबर
    प्रकाशित: २ चैत्र २०७८, बुधबार

    काठमाडौं । नेपाली गीत संगीत भनेपछि कस्को मन छुन्न र ? अझ भन्ने हो भने लोक गीत र मौलिक गीतले त सबैको मन छुन्छ । पछिल्लो समय सांगीतिक क्षेत्रमा लोक गीतले धेरै फड्को मारेको पाईन्छ ।मानिसहरुको हरेक नशा नशामा गीत संगीत लुकेको हुन्छ । कसैले प्रस्तुत गर्न सक्छन् त कसैले प्रस्तुत गर्न सक्दैनन् । गीत संगीत मन नपराउने र नसुन्ने ब्यक्ति कम नै भेटिन्छन् ।

    लोक दोहोरी कलाकारहरुको छाता संगठन राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, केन्द्रिय समितीको आयोजनामा “राष्ट्रिय रनिङ शिल्ड खुल्ला दोहोरी गीत प्रतियोगिता – २०७८” काठमाडौं स्थित भृकुटी मण्डपमा यही चैत्र १६ गते देखी १९ गते सम्म भब्यताका साथ सम्पन्न हुने भएको छ । यस प्रतियोगितामा भाग लिन ईच्छुक कलाकारहरुले चैत्र १४ गते सम्म भित्र फर्म भरिसक्नु पर्ने हुन्छ ।

    कारोनाको महामारीले गर्दा यस कार्यक्रम २ बर्ष स्थगित भएको थियो । हालः कोरोनाको महामारी न्युन भएको कारण २ बर्ष रोकिएको “राष्ट्रिय रनिङ शिल्ड खुल्ला दोहोरी गीत प्रतियोगिता” लाई यस बर्ष पुर्णता दिन लागिएको हो । यस प्रतियोगितामा प्रथम पुरस्कार : दुई लाख पच्चीस हजार, शिल्ड, मेडल र प्रमाण पत्र, द्धितिय पुरस्कार : एक लाख पचास हजार, मेडल र प्रमाण पत्र, तृतिय पुरस्कार : एक लाख, मेडल र प्रमाण पत्र, सान्त्वना पुरस्कार : पचास हजार, मेडल र प्रमाण पत्र रहेको छ ।

    प्रत्यक समुहमा २ पुरुष र २ महिला सहित उत्कृष्ट भेषभुषालाई पुरस्कृत गरिने कुरा आयोजक पक्षले बताएको छ । काठमाडौं बाहिरबाट भाग लिन आएका समुहलाई क्वाटर फाईनल प्रबेश गरेपछि आयोजकको तर्फबाट खाना बस्नको ब्यवस्था गरिने कुरा केन्द्रिय अध्यक्ष रमेश बिजीले बताए । प्रतियोगितामा भाग लिन एक हजार रुपैया मात्र शुल्क लाग्ने छ । थप जानकारी लिनका लागी ९८४११८५४२६, ९८५१०६५५३८, ९८४१३११६०५ मा सम्पर्क गर्न सकिने छ ।

    “राष्ट्रिय रनिङ शिल्ड खुल्ला दोहोरी गीत प्रतियोगिता – २०७८” लाई सभ्य र भब्य रुपमा सफल बनाईदिन प्रतिष्ठानमा आबद्ध कलाकारहरु, बिज्ञापनदाता, सहयोगीदाता, मिडियाकर्मी र शुभचिन्तकहरुमा आयोजक कमिटीका अध्यक्ष रमेश बिजीले अनुरोध गरेका छन् ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु