रनिङ शिल्ड विजेतालाई नगरकोट दोहोरीको सम्मान

म्यूजिक खबर
प्रकाशित: ३० फाल्गुन २०७५, बिहीबार

काठमाडौं । रास्ट्रिय लोक तथा दोहोरीगीत प्रतिस्ठान नेपालद्वारा आयोजित पाचौं अर्ना रास्ट्रिय खुला लोक दोहोरी प्रतियोगीतामा नगरकोट दोहोरीको तर्फबाट भाग लिएका समूहले प्रथम, द्वितीय र तृतीय स्थान चुमेका कलाकारहरुलाई दोहोरीकै हलमा एक कार्यक्रमको आयोजना गरी सम्मान दोहोरीले सम्मान गरेको छ । नगरकोट दोहोरीको तर्फबाट भाग लिएका राजु केसी प्रथम, नगरकोट दोहोरीकै रबिन लामिछाने द्वितिय, नगरकोट दोहोरीकै प्रकाश पराजुली र भिम पौडेल तृतीय स्थान चुम्न सफल भएका कलाकारलाई नगरकोट दोहोरीले सम्मान गरेको हो । सोही कार्यक्रममा गायिका टीका सानु, डिला बि.क. र कल्पना दाहाललाई पनि सम्मान गरिएको थियो । वरिष्ठ गायक, संगीतकार एवं निर्देशक नारायण रायमाझीको प्रमुख आतिथ्यतामा प्रतिष्ठानका वरिष्ठ उपाध्यक्ष रमेश बिजीको विशेष आतिथ्यतामा उक्त सम्मान गरिएको थियो ।

कार्यक्रममा प्रतिष्ठानकै महासचिव सुवास केसी, संगीत कला पत्रकार संघका अध्यक्ष सुमन बैरागी, संगीतकर्मी संघका नारायण सापकोटा, लोक तथा दोहोरी गीत व्यवसाय संघका सचिव सुनिल थापा, कोषाध्यक्ष अशोक गिरी, प्रतिष्ठानकै समन्वय समितिका अध्यक्ष पीएन सापकोटा लगायतको अतिथिहरुको उपस्थिति रहेको थियो ।


लोक दोहोरी व्यवसायी संघका अध्यक्ष एवं नगरकोट दोहोरी साँझका संचालक विनोद श्रेष्ठको सभापतित्वमा भएको उक्त कार्यक्रममा अतिथिहरुले नगरकोट दोहोरी नेपालकै उत्कृष्ट दोहोरी भएको चर्चा गरेका थिए । नगरकोट दोहोरीका कलाकारहरुले प्रत्यक्ष दोहोरी गायनमा विगतका वर्षहरुमा पनि रनिङ शिल्ड चुम्दै आएका थिए भने यस वर्ष पहिलो, दोस्रो र तेस्रो स्थान नै नगरकोट दोहोरीले चुम्न सफल भएकोमा कलाकारलाई बधाई दिएका थिए ।


त्यस्तै प्रमुख अतिथि वरिष्ठ गायक तथा संगीतकार नारायण रायमाझीले पुराना दिनको याद गराउँदै रनिङ शिल्ड जित्नु भन्दा पनि यही स्थानलाई अझै उचाइमा पु¥याउन कसरी सकिन्छ भन्नेमा ध्यान दिनु पर्ने बताए । प्रत्येक पटक हार्नु पनि जित्नु हो भन्दै रायमाझीले दोहोरी गायन प्रतियोगितामा दिइएको विषयमा शब्द, शिल्पीका माध्यमले विजयी हुनु खुशीको कुरा भएको बताए । त्यसैगरी सभापति विनोद श्रेष्ठले सुरुका दिनमा दोहोरी थाहा नभई नभई व्यवसाय गरेको भए पनि अहिले दोहोरी व्यवसाय मात्रै रोजेर कलाकारहरुको हितमा काम गर्न पाउँदा खुशी लागेको बताउँदै नगरकोट दोहोरीलाई उत्कृष्ट दोहोरी बनाउन लागि पर्नुहुने कलाकारप्रति सम्मान व्यक्त गरेका थिए ।कार्यक्रम नगरकोट दोहोरीकै गायक प्रेम अर्यालले संचालन गरेका थिए ।


रास्ट्रिय लोक तथा दोहोरीगीत प्रतिस्ठान नेपालद्वारा आयोजित पाचौं अर्ना रास्ट्रिय खुला लोक दोहोरी रनिङ शिल्ड प्रतियोगीतामा नगरकोट दोहोरीको तर्फबाट भाग लिएका समूहले प्रथम, द्वितीय र तृतीय स्थान चुमेका छन् । नगरकोट दोहोरीको तर्फबाट भाग लिएका राजु केसी प्रथम, नगरकोट दोहोरीकै रबिन लामिछाने द्वितिय, नगरकोट दोहोरीकै प्रकाश पराजुली र भिम पौडेल तृतीय स्थान चुम्न सफल भएका थिए । प्रतियोगितामा प्रथम पुरस्कार २ लाख, द्वितीय पुरस्कार १ लाख २० हजार, तृतीय पुरस्कार ७० हजार, सान्त्वना पुरस्कार ३५ हजार र उत्कृष्ट गायक र गायिकालाई जनही १५ हजार रुपियाँ  पुरस्कार राशिसहित शिल्ड प्राप्त गरेका थिए ।

तस्बिर : ईश्वरीप्रसाद भुषाल

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु