• रुपक डोटेल र शसिका राईको स्वरमा ‘सिमसिमे पानी पर्‍यो…’ (भिडियोसहित)

    म्यूजिक खवर
    प्रकाशित: १५ कार्तिक २०७७, शनिबार

    काठमाडौं – गीतकार जनक रावलको लोक प्याट्रनको डान्सिङ गीत ‘सिमसिमे पानी पर्‍यो…’ सार्वजनिक भएको छ । किरण माइकल घिमिरेको सङ्गीतमा रहेको लोक प्याट्रनको गीतको भिडियो सार्वजनिक भएको हो । सञ्चारकर्मीसमेत रहनुभएका रावलको सार्वजनिक गीतमा रुपक डोटेल र शसिका राईको स्वर रहेको छ ।

    यादव पुडासैनीको निर्देशन रहेको गीतको भिडियोले बालापनको कथा बोकेको छ । भिडियोमा बालपनका कुरालाई नबिर्सिएर ताजैं स्मरण गरेको भावहरु छर्लङ्ग दर्शाइएको हेर्न पाईन्छ । गीतको भिडियो बुढासुब्बा डिजिटलबाट सार्वजनिक गरिएको हो । सार्वजनिक गीत गीतकार रावलको ‘निश्चल प्योरनेश अफ हर्ट द म्युजिक’ एल्बम समावेश छ ।

    गीतकार रावलले ‘भुल्यौं कि मायाले…’ बोलको गीत सार्वजनिक गरेको केही दिनमा सोही एल्बमको अर्को गीत ‘सिमसिमे पानी पर्‍यो…’ सार्वजनिक गर्नुभएको हो ।

    गीतको भिडियोमा बालापनको अभिनयमा निश्चल रावल र निकिशा बिमलीलाई प्रस्तुत गरिएको छ भने तिनैं बाल बालिकाको युवाअवस्थाको प्रस्तुतिमा रमेशचन्द सोडारी र रोली तामाङ लाई फिचरिङ गरिएको छ ।

    नारायण रिजालको कोरियोग्राफी रहेको गीतको भिडियोमा कन्सेप्ट र क्रियशन गीतकार स्वयंको रहेको छ । सुरज लामिछानेको मुख्य सहायक निर्देशन रहेको भिडियोमा सुरेश बज्राचार्यको छायाँकन र मित्रदेव गुरुङको सम्पादन छ ।
    गीत जति राम्रा छ गीतको भिडियो त्यतिकै उत्कृष्ट बनेको छ ।

    सञ्चारकर्मी जनक रावलका पाँच दर्जन भन्दा बढी गीत स्रोता/दर्शकमाझ आइसकेका छन् । धेरै गीत मार्फत उहाँ स्रोता/दर्शकको मन मष्तिस्कमा बस्न सफल हुनुभएको छ । ‘यसपाली लोकप्याट्रनको अलिक पृथक गीत पस्किएको छु आशा छ मेरो यसअघिका गीत जस्तै यसले पनि सबैको साथ सहयोग पाउने छ’, जनकले भन्नुभयो ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु