सचिन र सम्झनाको तिज गीतमा सुनिल र गीताले गरे लिङ्ग परिवर्तन

म्यूजिक खबर
प्रकाशित: ५ श्रावण २०७८, मंगलवार

काठमाडौं । नेपाली नारीहरुको महान चाड तिज नजिकिँदै गर्दा तिज विशेष गीतहरु बजारमा आउने क्रम पनि बढ्दै गएको छ । एकपछि अर्को गरी तिज गीत बजारमा आउने क्रममा प्रतिस्पर्धात्मक तरिकाले अघि बढ्ने कलाकारहरुको पनि उत्तिकै भीड लागिरहेको छ । तिजका विशेष गीतहरुको भीडमा अर्को गीत आएको छ ‘नक्कली कान्छी’ ।

गायक सचिन भट्टराई र गायिका सम्झना भण्डारीको स्वरमा रहेको तिज गीत ‘नक्कली कान्छी’मा मोडल तथा कोरियोग्राफर सुनिल क्षेत्री र मोडल गीत ढुंगानाले लिंग परिवर्तन गरेर अभिनय गरेको दृश्यले चर्चा पाइरहेको छ । निरोज भट्टको शब्द सिर्जनामा रहेको यस गीतलाई हरि डिसीले संगीत सिर्जना गरेका छन् ।

सिद्धकाली डिजिटल यूट्यूब च्यानलबाट सार्वजनिक गरिएको यो गीतको भिडियोलाई सुनिल क्षेत्रीले निर्देशन गरेका छन् । भिडियोमा सुनिल क्षेत्री र गीत ढुंगानाको अभिनय रहेको छ । नवराज उप्रेतीको छायाँकन रहेको यो गीतको भिडियोलाई नवीन घर्तीमगरले सम्पादन गरेका छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु