‘साधना संगीत पत्रकारिता पुरस्कार –२०७६’ बाट राज लुईंटेल सम्मानित

म्यूजिक खबर
प्रकाशित: ७ श्रावण २०७६, मंगलवार

काठमाडौं । राजधानीमा आयोजित राष्ट्रिय साधना म्यूजिक अवार्ड २०७६ मा सञ्चारकर्मी राज लुईंटेललाई सम्मानित गरिएको छ । कार्यक्रमकी प्रमुख अतिथी भूतपूर्व सामान्य प्रशासन मन्त्री एवं नेतृ पम्फा भुसालको हातबाट उनले सम्मान प्राप्त गरेका हुन् । नेपाली सांगीतिक क्षेत्रलाई व्यवस्थित र मर्यादित बनाउन, संरक्षण र सम्बद्र्धन गर्न साथै स्रष्टाहरुको हितको लागि सञ्चारकर्मको माध्यमबाट योगदान पू¥याएको भन्दै लुईंटेल ‘साधना संगीत पत्रकारिता पुरस्कार –२०७६’ बाट सम्मानित भएका हुन् ।

लामो समयदेखि सन्चारकर्ममा सक्रिय रहेका लुईंटेल राष्ट्रखबर डटकम तथा राष्ट्रिय खबर पत्रिका, तथ्य खबर डटकम, बिचार खबर पेजेन्टका समाचार प्रमुख हुन् । त्यस्तै इभेन्ट म्यानेजमेन्ट एसोसियनसन नेपालका कोषाध्यक्ष समेत रहेका लुईंटेलले विभिन्न इभेन्ट तथा अवार्डहरु गर्दै आएका छन् । पछिल्लो समय कतारमा हुने भनिएको स्टार इन्टरनेशनल अवार्डको नेपाल संयोजकको भूमिका निर्वाह गरिरहेका छन् । यसरी सांगीतिक क्षेत्रमा पू¥याएको योगदान र क्रियाशिलताको मुल्यांकन गर्दै यसअघि पनि उनी थुप्रै पटक सम्मानित र अवार्ड ग्रहण गरिसकेका छन् ।

कार्यक्रममा लुईंटेलको साथमा अन्य २ जना सन्चारकर्मी पनि सम्मानित भएका थिए । सम्मानित हुनेहरुमा म्यूजिक खबरका सम्पादक सविता पोखरेल र रेडियो नेपालका क्षितिज समर्पण रहेका छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु