सागर आलेको आवाजमा सालैजो रोधिमा सार्बजनिक ( हेर्नुस भिडियो )

म्यूजिक खबर
प्रकाशित: १७ चैत्र २०७५, आईतवार

चितवनमा घर समेत बनाइसकेका सागरको कहिले काही मात्र मिडियामा देखिने गर्छन। सागर आलेको स्वरमा बजारमा आएको यस गीतमा सर्मिला गुरुंगले साथ् दिएका छन् भने रत्न मगरले संगीत् भरेका छन्। यो गीतको सब्द रत्न मगर र सम्झना थापा मगरले रचेका छन्। रोधिमा आको बोलको सालैजो गीत लाइ याम गुरुङले निर्देशन गरेका हुन्। नेपाल आइडल सिजन १ का चर्चित गायक सागर आलेको स्वर जति मिठो छ चर्चा पनि उत्तिकै छ। मिठो स्वर का धनि सागरले अहिले पनि धेरै गीत गाइरहेका छन्। नेपाल आइडल १ का गायकहरु गुमनाम भैसक्दा समेत सागरको चर्चा सेलाएको छैन। नेपालको चर्चित रियालिटी शो नेपाल आइडलमा भोटिंगका कारण बिजेता बन्न नसकेपनि चौथो बनेका सागर आलेको ब्यतता र चर्चा कम भने निरन्तर छ। बिशेष गरि लोक र पप मा धेरै राम्रो दख्खल राख्ने उनको डिमाण्ड निकै धेरै रहेको छ ।अहिलेको समयमा आफ्नो गीत संगीतको कामको साथै व्यवसायका लागि काठमाडौंको ठमेलमा आफ्नै रेष्टुरेन्ट समेत सञ्चालनमा ल्याएका छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु