मेलिना र सागर आलेको ‘झुमझुम’मा एलिशा र सुनिल (भिडियोसहित)

म्यूजिक खबर
प्रकाशित: २ आश्विन २०७६, बिहीबार

काठमाडौं । नेपाल आइडल सिजन १ मा निकै रुचाईएका गायक सागर आलेको ‘झुमभुम’ बोलको आधुनिक गीत बजारमा सार्वजनिक भएको छ । गायक आलेसंगै पछिल्लो समयकी चार्चित गायिका मेलिना राईले उनलाई स्वरमा साथ दिएकी छिन् । नेपाल आइडलमा दर्शक र जजको अत्यधिक माया पाउदापाउदैपनि आले ‘टप ४ ’ बाट बाहिरिए तर उनी स्वदेश तथा बिदेशका बिभिन्न सांगीतिक कार्यक्रममा ब्यस्त भैरहने गायक आले पछिल्लो समय युवापुस्ताको रुचिमा मन पर्न सफल भएका छन । नेपालभन्दा बढि बिदेशमा ब्यस्त रहने गायक आलेले जतिपनि गीत बजारमा ल्याउछन सबै उत्तिकै रुचाईएका छन ।

उक्त गीतमा मृतआत्मासंग कल्पनामा रमाएर झुमेको भावलाई समेटिएको छ । ‘झुमभुम’ बोलको गीतमा कादम्बरी दाना श्रेष्ठको शब्द रहेको छ भने सोही गीतमा शंकर थापा स्माईलको संगीत रहेको छ । उक्त गीतको भिडियोलाई सुनिल क्षेत्रीले निर्देशन गरेका हुन भने सोही गतिको म्युजिक भिडियोमा एलिशा शर्मा र निर्देशक सुनिल क्षेत्रीकै अभिनय रहेको छ । उक्त सार्वजनिक गीतको भिडियोलाई विकास ज्ञवालीको सम्पादन रहेको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु