चर्चित कलाकार सागर लम्साल ‘बले’ले कसे झापाकी स्नेहासँग गनगाँठो

म्यूजिक खबर
प्रकाशित: ३२ असार २०८१, सोमबार १८:१०

काठमाडौं । नेपाली सिरियलका चर्चित कलाकार एवं म्युजिक भिडिओका लोकप्रिय मोडल सागर लम्साल ‘बले’ ले बैवाहिक जीवन सुरू गरेका छन्।

उनले आइतबार झापा दमककी स्नेहा दंगालसँग विवाह गरेका हुन्।

स्नेहा नर्सिङ पेशामा आबद्ध छिन् । आइतबार काठमाडौं चाबहिलस्थित दियो पार्टी प्यालेक्समा यी जोडीको विवाह भएको हो।

लम्साल हास्य श्रृङ्खला भद्रगोलबाट चर्चामा आएका थिए भने उनी मोडलिङमा समेत सक्रिय रहँदै आएका छन्।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु