बले र करुणाको अभिनयमा “ओई भन्यो” (भिडियोसहित)

म्यूजिक खबर
प्रकाशित: १५ भाद्र २०७६, आईतवार

काठमाडौं । गायक हरी गिरि र गायिका बबिता किराँतीको “ओई भन्यो” बोलको गीत सार्वजनिक भएको छ । सोही गीतमा गायक हरी गिरिको नै शब्द तथा संगीत रहेको उक्त गीतमा कृष्ण बि,क,को एरेंज रहेको छ । आफ्नो मायालुलाई झ्यालबाट ओई भनी बोलाएको कुरा गरिएको गीतमा मायालुलाई घरमा बोलाउँदा खतरा हुने भिडियोमा समावेश गरिएको छ । राजिव समरको निर्देशनमा रहेको उक्त गीतको भिडियोमा सागर लम्साल (बले) र करुणा श्रेष्ठको अभिनय रहेको छ ।

सागर लम्साल र करुणा श्रेष्ठलाई एक माया गर्ने जोडीको रुपमा प्रस्तुत गरिएको उक्त गीतको भिडियोमा उनीहरुलाई रिसाउँदै फकाउँदै गरेको देखन सकिन्छ उक्त गीतको भिडियो रामकुमार केसीले छायाँकन गरेका हुन् भने भिडियोलाई टेकेनद्र शाहले सम्पादन गरेका हुन् । । गीतलाई एटके एभरेष्ट मोसनको युट्यूबच्यानलबाट सार्वजनिक गरिएको हो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु