सहिमा र सन्दिपको “ओक्कल दोक्कल” सार्वजनिक(भिडियो सहित)

म्यूजिक खबर
प्रकाशित: ९ कार्तिक २०७७, आईतवार

काठमाडाैँ । लोकप्रिय गायक/ गायिका सहिमा श्रेष्ठ र गायक सन्दिप न्यौपानेको डान्सिङ बिटमा रहेको नयाँ गित “ओक्कल दोक्कल” को म्युजिक भिडियो सार्वजनिक भएको छ । बालापनको यादलाई ताजा गराउंदै उनीहरुले दशैं कोसेली स्वरुप नवमीको दिन भिडियो रिलिज गरेका हुन्।

नेपाली सांगीतिक क्षेत्रमा चर्चाको शिखरमा पुग्न सफल तथा एक पछि अर्को राम्रो राम्रो गितहरु नेपाली सांगीतिक बजारमा पस्केर सम्पूर्ण नेपाली गीत संगीतको पारखीहरुको रोजाइमा पर्न सफल सुमधुर आवाजकी धनि गायिका श्रेष्ठ र गायक सन्दिप न्यौपानेले फरक शैलीको गित सांगीतिक बजारमा लिएर आएका हुन् ।

गायक सन्दिप न्यौपानेको शब्द तथा गोबिन्द मधुर आचार्यको संगीत रहेको यस गीतको म्युजिक भिडियोलाई छायाँकार पवन सुसलिङले छायांकन गरेका हुन् भने सरोज अधिकारिले निर्देशन गरेका हुन् । म्युजिक भिडियोमा जुनियर कार्टुन क्रुलाई फिचर्ड गरिएको छ ।

भिडियो हेर्नुहोस :

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु