सेक्स प्रकृतिकले दिएको वरदान : सहिमा

म्यूजिक खबर
प्रकाशित: २२ जेष्ठ २०७१, बिहीबार

काठमाडौं, २२ जेठ । ठ्याक्कै आधा दशक पुग्यो गायिका सहिमा श्रेष्ठले सांगीतिक यात्रा प्रारम्भ गरेको । अर्घाखा“चीमा जन्मिएकी सहिमा बाल्यकालदेखि नै गीत–संगीत भनेपछि हुरुक्क हुन्थिन् । एसएलसीपछि कलेज पढ्न बुटबल आएपछि उनले संगीतमा पनि केही सिक्ने रहर जाग्यो । त्यसक्रममा सहिमाले बुटबलमै सम्पन्न ‘को भन्दा को कम’ शीर्षकको गायनमा आधारित रियालिटी शोमा भाग मात्र लिइनन्, सर्वोत्कृष्ट गायिकाको अवार्डसमेत जितिन् । स्थानियस्तरको उक्त प्रतियोगितापछि सहिमाले नेपाल टेलिभिजनको रियालिटी शो ‘खोजि प्रतिभाको’ मा बुटबलबाटै अडिसन दिइन् । अडिसनमा उत्तिर्ण भएपछि काठमाडौं आइन् । सो प्रतियोगिता उनका लागि सांगीतिक यात्राको ‘टर्निङ प्वाइन्ट’ रह्यो । यसै प्रतियोगिताका क्रममा सहिमाले संगीतकार सुरेश अधिकारीलगायत थुप्रै संगीतकर्मीलाई आफ्नो गायन प्रतिभा देखाउने अवसर पाइन् । उनले चलचित्र ‘प्रेम विवाह’ को ‘म प्रेमको पूजारी…’ गीत उनको पहिलो गीत हो । २०६७ सालमा डेब्यू एल्बम ‘सहिमा’ सार्वजनिक गरेर सांगीतिक क्षेत्रमा स्थापित सहिमासँग गरिएको कुराकानी ः

हिजोआज के गर्दै ?
– भरखरै मेरो दोस्रो एल्बम ‘मस्ती’ बजारमा आएको छ । अहिले यसैको प्रमोसनमा छु ।
मस्तीमा कस्ता गीत छन् ?
– एउटा आइटम गीतसहित पपशैलीका गीत समावेश गरेकी छु । आइटम गीतले कम समयमै लोकप्रियता पाएको छ । कन्सर्टमा यो गीतमा नृत्य गर्दै दर्शकलाई नचाउन पाइरहेकी छु । एल्बमको मस्ती मस्ती…भन्ने गीत लोकप्रिय भैसकेको छ । भरखरै एल्बमको अर्को एउटा गीत ‘यो संसार’ को म्युजिक भिडियो भरखरै सार्वजनिक भएको छ ।
गायिकाको रुपमा लोकप्रिय हु“दाहु“दै मोडल बन्ने रहर कसरी जाग्यो ?
– गीत गाएर लोकप्रिय भएपनि हामी गायक–गायिकालाई दर्शकले नचिन्ने सम्भावना उत्तिकै रहन्छ । आफ्नो गीतमा आफैंले मोडलिङ गर्दा गीतसंग–संगै आफू पनि चिन्न पाइने भएकाले गायनसंग–संगै अभिनयमा पनि हात हालेकी हु“ ।
अभिनयको अनुभव कस्तो रह्यो ?
– ‘मस्ती गरौं न साथी’ गीतको म्युजिक भिडियोमा नायक जीवन लुइ“टेलसंग अभिनय गर्ने अवसर मिल्यो । अनुभवी कलाकारसँगको अभिनयको अनुभव सुखद रह्यो ।
सांगीतिक क्षेत्रमा प्रवेश गर्नभएको कति भयो ?
– आधा दशक, बुटवलमा संगीतको प्रशिक्षण लिएपछि यस क्षेत्रमा आए“ । रियालिटी शो ‘खोजी प्रतिभाको’ मा चौथो स्थान हासिल गरेपछि गायिकाका रुपमा अगाडि बढेकी हुँ ।
कम समयमै स्थापित हुनुभएको हो ?
– मेरो डेब्यू एल्बम ‘सहिमा’ का गीतहरु श्रोताले अत्यन्त मन पराइदिनुभयो । उक्त एल्बम बजारमा आएपछि कन्सर्टहरुमा सहभागिता जनाउने मौका पाएँ ।

sahima

पाश्र्व गायनमा कत्तिको सम्भावना देख्नुहुन्छ ?
– मेरो स्वर पाश्र्व गायनका लागि सुहाउ“दो छ भन्ने प्रतिक्रिया पाएकी छु । मैले पछिल्ला केही महिनामा झन्डै एक दर्जन फिल्ममा गीत गाए“ । अहिले पनि म चलचित्रकै गीतमा व्यस्त छु ।
गीत गाएर बा“च्न सक्ने स्थिति छ कि छैन ?
– कन्सर्ट र महोत्सवका कारण अब नेपालमा राम्रो गीत गाउने गायक–गायिकाहरु भोकभोकै बस्नु पर्ने अवस्था रहेन ।
स्टुडियो र कन्सर्टको गायनमा के फरक महसुस गर्नुहुन्छ ?
– धेरै फरक हुन्छ, खासगरी स्टुडियोमा गाउदा कुनै शब्दमा चित्त बुझेन भने दोहो¥याएर गाउन सकिन्छ । कन्सर्टमा सम्भव हु“दैन । स्टेजमा गाउ“दा दर्शकलँई मनोरञ्जन गराउनु पर्ने ठूलो जिम्मेवारी हुन्छ ।
आफूलाई संगीतको कुन स्थानमा पाउनु हुन्छ ?
– यस क्षेत्रमा आफूलाई नया“ मान्छु । मैले अझै धेरै काम गर्न बा“की छ । संगीत भनेको यति गहिरो चिज हो, जसलाई कहिल्यै पार गर्न सकि“दैन ।
एल्बम बिक्री छैन तर, बजारमा एल्बम आइरहेका छन् । कसरी ?
– गीत गाउन, एल्बम तयार पार्नु हामी गायक–गायिकाका लागि नशा जस्तै हो । एल्बम बिक्रि हु“दैन भनेर गीत नै गाउन छाड्यो भने त सांगीतिक क्ष्ँेत्र नै रह“दैन नि । त्यसैले बजार जे जस्तो भए पनि एल्बम निकालिरहनु हाम्रो बाध्यता हो ।
तपाईंलाई मनपर्ने आफ्नै पा“च गीत ?
– मलाई हेरेको हेरै हुन्छु होला, सोह्र श्रृंखला वारे वा, यो संसार भनेको, मस्ती–मस्ती तथा गल्ती भयो गीत मनपर्छ ।
प्रसंग बदलौं, सुन्दर हुनुहुन्छ । प्रेम प्रस्ताव कत्तिको आउ“छन् ?
– सुन्दरताको प्रसंशा गरिदिनु भएकोमा धन्यवाद । प्रेम प्रस्ताव त आइरहन्छन् तर म यतिबेला करिअर बनाउनमा व्यस्त भएकाले प्रस्तावतिर ध्यान दिन्नँ ।
सेक्सलाई कसरी बुझ्नु हुन्छ ?
– सेक्स भनेको प्राकृतिक कुरा हो, सृष्टि चलाउने माध्यम पनि हो । उमेर पुगेका व्यक्तिबीच सेक्स सम्बन्ध स्थापित हुनु सामान्य कुरा हो ।
विवाहअघिको सेक्सलाई कसरी हेर्नुहुन्छ ?
– विवाहअघिको सेक्सलाई म नकारात्मक रुपमा लिन्छु । सामाजिक रुपमा यो सही हुन्छजस्तो लाग्दैन । विवाहपछिको सेक्स नै मर्यादित हुन्छ ।
– प्रस्तुति ः एमपी सुब्बा

 

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु