चलचित्र ‘मदहोस’को गीत ‘दिलको पिंजडामा’ रिलिज

म्यूजिक खबर
प्रकाशित: २३ मंसिर २०७५, आईतवार

काठमाडौं– राजु पौडेलको प्रस्तुती रहेको ‘मदहोस’ चलचित्रको लिरिकल गीत ‘दिलको पिंजडामा’को भिडियो रिलिज भएको छ । गीतकार तथा निर्देशक शंकर अधिकारी ‘घायल’को गीत, बाबुल गिरीको संगीत रहेको छ भने, नित्याशिवा र बाबुलकै आवाज रहेको छ । प्रियांका अधिकारी र दिपेन्द्र कोइरालाको फिचरिङ रहेको उक्त गीतमा राजु शाहको नृत्य, बिक्रम कार्कीको छायांकन देव महर्जन को द्धान्द्ध रहेको छ ।

चलचित्र ‘मदहोस’मा सन्तोष श्रेष्ठ, कसिस दहाल, राजु पौडेल, हेम लता घिमिरेलगायतको अभिनय रहेको छ । ‘मदहोस’मा गीतकार तथा निर्देशक शंकर अधिकारी ‘घायल’को लेखन र निर्देशन रहेको छ । नेपाली नयाँ बर्षका दिन रिलिज गर्ने लक्ष्य सहित पोस्टरको काम भईरहेको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु