• सन्दिपको ‘लालुमै’को खुशीमा विक्रमको ‘साइँलो’को इन्ट्री

    म्यूजिक खबर
    प्रकाशित: २० बैशाख २०७६, शुक्रबार १३:५३

    सन्दिपले पाए ५ लाख ५५ हजार, शिव र प्रकाशले पाए सुनको चेन

    काठमाडौं । गायक सन्दिप न्यौपानेको लोकप्रिय गीत ‘लालुमै’ले १ करोडभन्दा माथि दर्शक स्रोताको माया पाएको खुशीयाली मनाइरहँदा विक्रम रानाको ‘साइँलो’ गीतको इन्ट्री भएको छ । लालुमै र साइँलो गीत शिव हमालको शब्द तथा संगीतमा तयार भएको हो । लालुमै गीत निर्माणको छोटो समयमा नै करोडमा पुगेको हो भने साइँलो आजबाट सार्वजनिक भएको हो ।


    सन्दिप न्यौपाने र विष्णु माझीको स्वरमा रहेको लालुमै गीतले यूट्यूबमा १ करोडभन्दा माथिको दर्शक स्रोताको माया पाएको खुशीयालीमा कार्यक्रम आयोजना गरी १५ पाउन्डको केक काटेर लालुमै टीमले खुशी साटासाट गरेका छन् । वरिष्ठ गायक तथा संगीतकार नारायण रायमाझीको प्रमुख आतिथ्यतामा आयोजना गरिएको कार्यक्रममा लोक तथा दोहोरी गीत प्रतिष्ठानका अध्यक्ष बद्री पंगेनी, प्रस्तोता समाजका अध्यक्ष तुलसी पराजुली, प्रतिष्ठानका पूर्व अध्यक्ष दुर्गा रायमाझी, निवर्तमान अध्यक्ष चन्द्र शर्मा, रोयल्टी संकलन समाजका उपाध्यक्ष सुवास रेग्मीको आतिथ्यता रहेको थियो ।
    कार्यक्रममा लालुमै गीत प्रकाशन गर्ने कम्पनी विजय डिजिटलको तर्फबाट प्रबन्ध निर्देशकसमेत रहेका शिव हमालले ५ लाख ५५ हजार रुपैयाँ गायक तथा लगानीकर्ता सन्दिप न्यौपानेलाई प्रदान गरेका थिए भने गायक न्यौपानेले लालुमैका सर्जक शिव हमाल र म्यूजिक भिडियो निर्देशक प्रकाश भट्टलाई सुनको चेन लगाइदिएका थिए । कार्यक्रममा लालुमै गीतको अडियो तथा भिडियोमा सहयोग पु¥याउने सम्पूर्ण टिमलाई सम्मान पत्र प्रदान गरिएको थियो ।

     

    https://www.youtube.com/watch?v=NiNPNAJFwLg

    सोही अवसरमा गायक विक्रम राना र विष्णु माझीको स्वरमा रहेको गीत ‘साइँलो’ सार्वजनिक गरिएको थियो । प्रमुख अतिथि वरिष्ठ गायक तथा संगीतकार नारायण रायमाझीको हातबाट सार्वजनिक गरिएको उक्त साइँलो गीतमा शिव हमालकै शब्द र संगीत रहेको छ । यस गीतको म्यूजिक भिडियोलाई प्रकाश भट्टले निर्देशन गरेका हुन् भने राजेश घिमिरेले छायाँकन गरेका छन् । विष्णु शर्माको सम्पादन रहेको यस भिडियोमा दिलिप रायमाझी र कविता नेपालीको नृत्य रहेको छ । साइँलोलाई पनि शिव हमालकै यूट्यूब च्यानलबाट सार्वजनिक गरिएको हो ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु