सुनिल र एलिशाको ‘चन्चले यो मन’ (भिडियो सहित)

म्यूजिक खबर
प्रकाशित: १८ पुष २०७५, बुधबार

गायक सार्जन राईले आफ्नो नयाँ गीत ‘चन्चले यो मन’ को म्युजिक भिडियो सार्वजनिक गरेका छ्न। गायक राईको यो दोस्रो म्युजिक भिडियो हो यसअघि उनले मायाले बोलको गीत को भिडियो सार्वजनिक गरेका थिए । ‘चन्चले यो मन’ बोलको नयाँ गीतमा शव्द संगीत स्वयम गायक सार्जन राईको रहेको छ भने उनलाई स्वरमा साथ भने गायिका मेलिना राईले दिएकी छ्न।

रमाइलो माया प्रेमको भावमा बनेको यस गीतको भिडियोमा हाल म्युजिक भिडियोमा पपुलर भैराखेको जोडी सुनिल क्षेत्री र एलिशा शर्मालाई देख्न सकिन्छ। गीतको भिडियोमा नेपाली ठिटो डान्स ग्रुपको पनि साथ रहेको छ। ज्ञानु राईको छायांकन तथा कन्सेप्टमा भिडियो तयार पारिएको हो।

 

गायक सरोज गौतमको “तिम्रै तस्बिर” सार्बजनिक ! (भिडियो सहित)

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु