
काठमाडौं । नेपाली सांगीतिक क्षेत्रमा नयाँ म्यूजिक भिडियो सार्वजनिक भएको छ । ‘मायासँग’ बोलको सालैजो गीतमा सिर्जना आले मगर, पुष्पा थापा मगर र सुरेश राना मगरको स्वर रहेको गीतको भिडियोलाई नमराज खड्काले निर्देशन गरेका हुन् । एमबि रेकर्डिङ स्टुडियोका रेकर्डिस्ट समेत रहेका नमराजले यस गीतमा गरेको निर्देशकिय कलाको प्रशंसा गर्दै आगामी दिनमा निकै सम्भावना बोकेका निर्देशकको रुपमा पनि लिन सकिन्छ ।
गीतमा शब्द, संगीत र एरेन्ज दिवान किनारको रहेको छ । देबेन्द्र पुनको छायांकन रहेको भिडियोलाई प्रेम कुमार थारुले सम्पादन गरेका हुन् ।
भिडियोमा रमेश बाबु मगर, मेलिना आले मगर, सागर आले मगर, एन्जिला राना मगर, नवल गुरुङको अभिनय रहेको छ ।