कुवाको पानीमा देखियो युवराजको मौलिकता

म्यूजिक खबर
प्रकाशित: २३ बैशाख २०७६, सोमबार

काठमाडौं । पछिल्लो समय मौलिक गीतहरुको खडेरी परिरहेको अवस्थामा गायक युवराज मगरले गाउँको पहिचान झल्कने खालको मौलिकतासहित सालैजो बजारमा ल्याएका छन् । लोकप्रिय गायक तथा सर्जक युवराज मगरको उत्कृष्ट संगीत र प्रसाद खाप्तरी मगरको शब्दमा तयार भएको मौलिक सालैजो गीत ‘कुवाको पानी’ बजारमा आएको छ।

 

गीतमा लोकप्रिय गायिका देवी घर्ती मगर र गायक होम पुन मगरको स्वर रहेको छ। होम पुन मगरकै अफिसियल युटुब च्यानल मार्फत बजारमा आएको उक्त गीतको भिडियोमा अभिनय भने खेम गुरुङ र निर आले मगर संगै सरिश्मा रामजाली मगरको रहेको छ । गीतको भिडियो निर्देशन बिक्रम चौहानको रहेको छ भने क्यामरामा प्रकाश खड्का रहेका छन् । मिलन बिक को सम्पादन रहेको भिडियो चर्चामा रहेको छ । गीतमा कोरस आवाज भने देवी घर्ति, सुष्मिता घर्ती, प्रसाद खाप्तरी र युवराज मगरको रहेको छ।

 

https://www.youtube.com/watch?v=VsOcl4a8-Ck&t=113s

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु